नेपालगन्ज १ असोज : नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीबाहेक अन्य सबै धर्म मान्ने जनसंख्या घटेको पाइएको छ ।
केन्द्रिय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा इस्लामको शून्य दशमलव ३० र क्रिश्चियनको जनसंख्या शून्य दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।
हिन्दू धर्मावलम्बीको जनसंख्या शून्य दशमलव १५ प्रतिशतले घटेको विभागको तथ्यांकमा छ भने बौद्ध धर्मावलम्बीको संख्या करिब एक प्रतिशतले घटेको छ । बौद्ध र हिन्दु धर्म मान्नेहरूले यसबीचमा धर्मान्तरण गरेर क्रिश्चियन धर्म अपनाएको पाइन्छ ।
२०६८ को जनगणना अनुसार नेपालमा हिन्दू धर्मावलम्बीको जनसंख्या ८१ दशमलव ३४ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनामा ८१ दशमलव १९ प्रतिशत छ ।
त्यस्तै बौद्ध धर्मावलम्बीको जनसंख्या २०६८ मा ९ दशमलव ०४ प्रतिशत रहेकोमा पछिल्लो जनगणनामा यो घटेर ८ दशमलव २१ प्रतिशत भएको छ । आदिवासी जनजाति समुदायमा धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने प्रवृत्ति बढेको असर बौद्ध धर्मावलम्बीको जनसंख्यामा देखिएको बताइनछ ।
२०६८ को जनगणनामा १ दशमलव ४२ प्रतिशत रहेको क्रिश्चियनको जनसंख्या पछिल्लो जनगणनामा १ दशमलव ७६ प्रतिशत पुगेको छ भने मुस्लिमको जनसंख्या ४ दशमलव ३९ प्रतिशतबाट बढेर ५ दशमलव ०९ प्रतिशत पुगेको छ ।
हेर्नुहोस्, तथ्यांक विभागको डाटा

बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
११ घण्टा अगाडि
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर
अनुसन्धान हुनुपर्ने गगन थाप कि कुमार बेनमाथि?
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?