नेपालगन्ज ८ असोज : सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज अन्तर्गत चालु आर्थिक वर्ष २०८१–८२ मा कार्यान्वयन गर्नुपर्ने दुईसयभन्दा बढी निर्माण योजना छन् । तर, त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति न्यून छ ।
बाँके र बर्दिया दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा कार्यालय प्रमुखसहित सात जनाको दरबन्दी छ । कार्यालय प्रमुख उद्धव श्रेष्ठका अनुसार इञ्जिनियर, सब–ओभरसियर, लेखा अधिकृत, कार्यालय सहयोगी र सवारी चालक गरी सात जनाको दरबन्दी छ ।
कार्यालयका लागि विनियोजित हुने गरेको अधिकांश बजेटको योजना विद्यालय भवन निर्माण तथा अन्य पर्खाललगायत निर्माणका योजना छन् । तर, एक जना स्वयंसेवक इञ्जिनियर र एक जना करारका सब–ओभरसियरको भरमा बार्षिक ३० करोड बढिको योजना कार्यान्वयन गनुपर्ने बाध्यता कार्यालयलाई छ ।
सीमित जनशक्ति भए पनि विगत वर्षदेखि नै योजनाको सुरुवाती चरणदेखि कार्य सम्पन्नसम्म उत्कृष्ट काम सम्पादन गर्दैआएको प्रमुख श्रेष्ठको भनाइ छ । कार्यालय प्रमुख श्रेष्ठ भन्छन्, ‘सीमित जनशक्तिका कारण कामकाजमा कठिनाइ भए पनि कर्मचारीहरु दिनरात नभनी खटिएर काम गरी उत्कृष्ट काम गर्दैआएका छौं ।’
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना