नेपालगन्ज ८ असोज : नेपालगन्ज स्थित सीमानाका, भन्सार कार्यालय र आईसीपीको स्थलगत अनुगमन गरिएकोछ ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल–भारत नाका र आईसिपीको स्थलगत अनुगमन निरीक्षण गरेको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति प्रतिनिधि सभाका सदस्य अब्दुल खानको नेतृत्वमा रहेको सो संसदीय टोलीले मंगलबार नेपालगन्ज भन्सार, नेपाल भारत नाका र आईसिपीको स्थलगत अनुगमन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै कर्मचारी र सुरक्षाकर्मीहरूसँग छलफल गरेको छ ।
टोलीले नेपाल–भारत नाका जमुनाहामा पुगेर त्यहाँ रहेको भन्सार कार्यालयको यात्रु शाखा र नेपाल–भारत नाकाको निरीक्षण गर्नुका साथै नेपालगन्ज आईसिपीमा पुगेर त्यहाँको पनि स्थलगत अनुगमन गरेको सङ्घीय सचिवालयका कर्मचारी सुरेन्द्र कुमार महतले बताए । उनले सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायत नेपालगन्ज भन्सार कार्यालयका कर्मचारीहरूले भन्सार, नाका र आई सिपीको बारेमा विस्तृत जानकारी गराएको बताए ।
सो टोलीले नेपालगन्ज उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर जिल्लाका केही उद्योगहरूको पनि अनुगमन निरीक्षण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । उक्त टोलीसँगै भन्सार कार्यालय र नाकामा पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपाल–भारत नाका व्यवस्थित नहुँदा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको र नेपालगन्जको व्यापार व्यवसाय समेत प्रभावित भइरहेको बारे टोलीलाई जानकारी गराइएका थिए ।
बाँके, बर्दिया र सुर्खेत जिल्लाको भ्रमणका लागि मंगलबार नेपालगन्ज पुगेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले बाँकेको भ्रमणपछि बर्दिया र सुर्खेतको पनि भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सो समितिले संसदीय निगरानीका लागि उद्योगहरूको स्थलगत अनुगमनका साथै चाडपर्व नजिकिएको हुँदा बजारमा खाद्यान्न लगायत उपभोग्य बस्तुको आपूर्तिको अवस्था, समस्याको पहिचान गर्नुका साथै मिसावट र मूल्यवृद्धिको बारेमा पनि अनुगमन गर्ने समितिले जनाएको छ ।
सो संसदीय टोलीमा प्रतिनिधि सभाका सङ्घीय सांसदहरू अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रेखा यादव र शीतल मिजार लगायत सङ्घीय सचिवालयका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना