नेपालगन्ज ८ असोज : चाडबाड लागेसँगै आयातमा वृद्धि भएको छ । भन्सार विभागका अनुसार भदौ महिनासम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो ।
गत वर्ष २ खर्ब ५९ अर्ब रुपैयाँ भन्दा बढीको आयात भएको थियो । यस्तै निर्यात भने खुम्चेको छ । भदौसम्ममा मुलुकबाट २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा यो निर्यात ५.१२ प्रतिशतले घटेको हो । गत वर्ष २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो । यो सँगै नेपालको वैदेशिक व्यापार घाटा दुई महिनामै २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो भनेको गतवर्षको भन्दा १.७८ प्रतिशतले बढी हो ।
भारतसँग नेपालको व्यापार १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ घाटामा छ । यस्तै चीनसँगको व्यापार ५१ अर्ब ८० करोड ३९ अर्ब रुपैयाँ घाटामा छ ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना