भेरी अस्पतालमा सुत्केरीको कारुणीक पीडा


सेतोखरी सेतोखरी   शुक्रबार, असोज ११, २०८१
भेरी अस्पतालमा सुत्केरीको कारुणीक पीडा

आदरणीय डक्टर साब Nabin Budhathoki नमस्कार,

मैले हजुरलाई स्वास्थ्यकर्मी र कुरुवा दुवैको नजरबाट चिन्ने मौका पाए । मिति २०८१ असोज ८ गते हजुरले आफ्नो साँझको सिफ्टमा AFI almost nill भएको गर्भवतीलाई १ दिन कुराएर भोली ऋक् गर्ने भनि कुन प्रोटोकल अनुसार भन्नुभयो जवाफ पाउन पाए आभारी हुने थिए । 

भेरी अस्पताल जहाँ विभिन्न गाउँ ठाउँबाट विपन्न परिवारका मान्छेहरु जीवन रक्षा साथै राम्रो उपचारको आश बोकी आउने गर्दछन्, तर त्यहाँ हजुरहरु जस्तो जिम्मेवार स्वास्थ्यकर्मीहरुबाट यसरी गैह्र जिम्मेवार बनेको कत्ति पनि सुहाएन ।

हाम्रो समाजमा डक्टरलाई भगवानको दर्जामा राखिन्छ तर, उही डक्टरबाट एक सुत्केरी आमा र उसबाट जन्मने बच्चाको स्वास्थ्यमा खेलवाड गर्न पाईन्छ होला त ???

Kanti Aarogya Hospital Nepalgunj

(मेरो प्रश्न) सोही अस्पतालमा धेरै डक्टरहरु हुनुहुन्छ जो दिन रात नभनि विरामीहरुको सेवामा निरन्तर खटिनुहुन्छ आभार व्यक्त गर्न चाहन्छु ति स्वास्थ्यकर्मीहरुलाई तर, यो केशमा एक डक्टरबाट लापरवाही तरिकाले बिरामीलाइ कुराई आमा र बच्चाको स्वास्थ्यप्रति रत्तीभर वास्ता नगरेकोमा दुःख लागेको छ । म स्वास्थ्यकर्मी भएको नाताले बुझ्न सके र डक्टर नआउने भएपछि तुरुन्त अर्को अस्पतालमा लगीयो र त्यहाँका डक्टरले पनि एक मिनेट समय खेर नफाली CS गरी आमा र बच्चाको ज्यान जोगाउनुभयो हार्दिक कृतज्ञता । 

यदि मेरो ठाउँमा अन्य सामान्य व्यक्ति भाको भए सायद आज आमा र बच्चाको अवस्था जे पनि हुन सक्थ्यो । हजुरको सानो लापरवाहीका कारण वा भनौं अल्छिपनको कारण आज एउटा आमा र बच्चाको ज्यान पनि जान सक्थ्यो । यो समस्या हामी जो कोहीको घर परिवारमा हुन सक्छ, हजुरकै परिवारमा पनि हुन सक्छ डक्टर साब तसर्थ अबका दिनमा यसरी गैह्र जिम्मेवार नभैदिनुहोला मेरो अनुरोध ।  

आमा दीपिका खड्का वर्ष २७ ले हिजो राती १० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा CS मार्फत पहिलो सन्तानलाई जन्म दिइन । हाल दुवै जनाको स्वास्थ्य राम्रो छ । उनै आमा बच्चा बस्ने घरमा पानी एकदम कम लगभग लगभग शून्य नै भएका कारण भेरी अस्पताल पुगेकी थिइन र डक्टर nabin budhathoki ले १ दिन पछि अपरेसन गर्ने भनि कुराउनुभाको थियो र त्यहाँ अन्य स्वास्थ्यकर्मीहरुले पनि पटक–पटक यो केश जटिल भएको जानकारी दिदाँ पनि कुराउनु भाको थियो । आशा छ अबका दिनमा यस्तो खालको लापरवाही एवं गैह्र जिम्मेवार व्यवहार हुनेछैन । जय स्वास्थ्य । –पवित्रा जैशी