नेपालगन्ज ११ असोज : नागरिक एपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण थपिएको छ । नागरिक एप अपडेट गर्दा वा डाउनलोड गर्दा लाइसेन्ससँगै क्यूआर पनि देखिने भएको छ ।
त्यसबाहेक ट्राफिक नियम उल्लंघन गरेको विवरण समेत सवारी चालक अनुमतिपत्रको सेक्सनभित्र देखिने भएको छ ।
यातायात व्यवस्था विभागलाई लाइसेन्स छाप्न जटिलता भइरहेका बेला अब अनलाइनबाटै ‘डिजिटल लाइसेन्स’लाई ट्राफिक प्रहरीले अनुमति दिने गरी प्रक्रिया अघि बढेको छ । नागरिक एपमा लाइसेन्ससँगै देखिने क्यूआरलाई ट्राफिक प्रहरीले आफूसँग भएको एपमार्फत स्क्यान गरेर पूर्ण विवरण प्राप्त गर्नसक्ने भएको हो ।
प्रहरीले सहजै लाइसेन्स जाँच गर्न पाउने र नियम उल्लंघन गरेको विवरणलगायत जानकारी हेर्न सक्नेछ । यो सञ्चालनमा आएपछि ट्राफिक नियम उल्लंघन गरेकै ठाउँबाट अनलाइनमार्फत जरिबाना तिर्न सकिने व्यवस्था समेत नागरिक एपमार्फत उपलब्ध हुने गरी काम भइरहेको छ । परीक्षण सफल भएसँगै औपचारिक रूपमै यसले मान्यता पाउनेछ ।
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना