वर्ल्ड भिजनद्वारा जानकीका १४ मदरसा र गुरुकुललाई सामाग्री सहयोग


सेतोखरी सेतोखरी   आइतबार, असोज १३, २०८१
वर्ल्ड भिजनद्वारा जानकीका १४ मदरसा र गुरुकुललाई सामाग्री सहयोग

नेपालगन्ज १३ असोज : बाँकेको जानकी गाउँपालिकामा रहेका मदरसा तथा गुरुकुलहरुको बसाई व्यवस्थापनका लागि सामाग्री सहयोग गरिएकोछ । जानकी गाउँपालिका वडा नम्बर–३ स्थित कन्या विद्यालयमा आईतबार एक कार्यक्रमकाबीच मदरसा तथा गुरुकुललाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

janaki_world_vision_support-2-1727605861.jpg
वर्ल्ड भिजन इन्टरनेशनल नेपालले जानकी गाउँपालिकाको समन्वयमा पालिकामा रहेका गुरुकुल र मदरसामध्ये २ वटा गुरुकुल र १२ वटा मदरसालाई १५ लाख ४८ हजार २८ रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरेको हो । यो ढुवानी खर्चसहितको रकम हो ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा प्रदानि सामाग्री १४ वटा मदरसा र गुरुकुललाई वितरण गरेका थिए । 

उक्त सहयोग अन्र्तगत ती गुरुकुल र मदरसालाई कारपेट, पि–फर्म, चकटी, डेस्क र सोतोपाटी प्रदान गरिएकोछ । विद्यार्थी अनुपातका आधारमा उपलब्ध गराइएको उक्त सामाग्री गुरुकुल र मदरसापिच्छे फरक छ । 

janaki_world_vision_support-3-1727605884.jpg
जानकी गाउँपालिकामा रहेका गुरुकुल र मदरसाको शैक्षिक गुणस्तर वृद्धिका लागि बसाई व्यवस्थापन गर्न सो सामाग्री सहयोग गरिएको हो । जानकी गाउँपालिकामा तीन वटा गुरुकुल र १६ वटा मदरसा सञ्चालनमा रहेकाछन् ।

गुरुकुल र मदरसामा अध्ययन गर्ने बालबालिकाको बसाई व्यवस्थापनका लागि प्राप्त सामाग्रीको बढीभन्दा बढी सदुपयोग गर्न अध्यक्ष खाँले निर्देशन दिए । 

janaki_world_vision_support-6-1727605910.jpg
गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै वर्ल्ड भिजनको सहयोगले स्थानीय सरकारको लक्ष्य र उद्देश्य प्राप्तिमा सहयोग पुगेको भन्दै अध्यक्ष खाँले सहयोगका लागि कृतज्ञता ब्यक्त गरे ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक सुरज शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लुम्बिनी प्रदेशको बाँकेको जानकी र नरैनापुर गाउँपालिकामा काम गरिरहेको जानकारी दिए । 

उनका अनुसार जोखिममा रहेका बालबालिकाहरुको रुपान्तरका लागि काम गरिरहेको वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सन् २००१ देखि नेपालमा काम गरिरहेकोछ । विशेषगरि विकास, राहत र पैरवीको क्षेत्रमा काम गर्ने वर्ल्ड भिजनको हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको बाँकेमा कार्यक्षेत्र छ ।

janaki_world_vision_support-4-1727605937.jpg
उनका अनुसार संस्थाले गरेको सर्भे र गाउँ शिक्षा शाखाबाट सिफारिस भइ आएका गुरुकुल र मदरसालाई यो सहयोग गरिएको हो । 

बसाई व्यवस्थापनका लागि सहयोग प्रदान गर्नेक्रममा जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्बर १ का वडाअध्यक्ष मोहम्मद रजा राई, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, सामाजिक विकास संयोजक रामआचल धोवी, कन्या विद्यालयका प्रध्यानाध्यापक मालती कुमारी शाहीले बसाई सुधारका लागि गरिएको सहयोगले बालबालिकाको शैक्षिक सिकाईमा सहयोग पुग्नुका साथै गुणस्तरीय शिक्षा सुधार थप टेवा पुग्ने बताएका थिए । 

janaki_world_vision_support-5-1727605954.jpg
सामाग्री वितरण कार्यक्रम वल्र्ड भिजन इन्टरनेशनल नेपालका बृजेन्द्र यादवले सञ्चालन गरेका थिए भने उक्त कार्यक्रममा दुई गुरुकुल र १२ मदरसका प्रध्यानाध्यापक, शिक्षक, व्यवस्थापन समिति अध्यक्ष, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको सरस्वती क्षेत्रीले जानकारी दिइन् ।