नेपालगन्ज १६ असोज : बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकासँग सीमा जोडिएका भारतीय नाकामा अवस्थित सात छोटी भन्सार कार्यालय बन्द भएपछि सहजै चोरी–पैठारी हुने गरेको छ । आफ्नै भवन रहेका नरैनापुर, खडैचा र साइगाउँ छोटी भन्सारका भवनसमेत भत्किएर भग्नावशेष अवस्थामा पुगेका छन् ।
सीमावर्ती भारतीय बजार अलिगवासँग जोडिएको कटकुइँयाको सुइया बघौडा, कालाफाँटासँग जोडिएको नरैनापुर, जमुनाहसँग जोडिएको भगवानपुर, पिप्रहवासँग जोडिएको होलियाको खडैचा, निमियासँग जोडिएको हिरमिनियाको भङ्घोटन र रंजितवा बजारसँग जोडिएको साइगाउँ तथा उढरापुर गरी विगतमा सात छोटी भन्सार रहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
यो पनि पढ्नुहोस् द्वन्द्वकालमा बन्द बाँकेका छोटी भन्सार, सञ्चालन नहुँदा चोरी, पैठारी बढ्यो
उनका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट दूरीका हिसाबले ६० किलोमिटर टाढा सुइया बघौडा, नरैनापुर ५० किलोमिटर, भगवानपुर ४० किलोमिटर, खडैचा ४० किलोमिटर, भङ्घोटना चार किलोमिटर, साइगाउँ तीन किलोमिटर र पश्चिम साइगाउँमा रहेको उढरापुर छोटी भन्सार कार्यालय पाँच किलोमिटर दूरीमा पर्दछन् ।
छोटी भन्सार कार्यालय नभएपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले चोरी–पैठारी नियन्त्रणको काम गर्दै आएको छ । छोटी भन्सार सञ्चालन नभएको अवस्थामा पनि नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब रु तीन अर्ब राजस्व असुली गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौमा रु दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार राजस्व असुली भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौमा रु एक अर्ब ४९ करोड पाँच लाख २० हजार राजस्व असुली गरेको हो ।
नेपालगन्ज भन्सारलाई हरेक महिनामा रु दुई अर्बभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको तथ्याङ्कअनुसार हरेक महिनामा लक्ष्यभन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व असुली भएको सूचना अधिकारी लम्सालले जानकारी दिए ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल