कोहलपुर १९ असोज : बाँकेको कोहलपुरमा आउँदो कार्तिक ३ गते हुने निर्वाचनमा होमिएको प्रगतिशिल प्यानलको घरदैलो भेटघाट कार्यक्रममा उद्योग वाणिज्य संघका मतदाताहरुको समेत उत्साहजनक सहभागिता रहेको पाईएको छ ।
यो पनि पढ्नुहोस् लोकतान्त्रिक समावेशी व्यवसायीको प्रचारप्रसार तीव्र
‘व्यवसायीक संरक्षण र अधिकारको सुनिश्चितता व्यावसायीक एकता प्रगतिशिल प्यानलको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ निर्वाचण कार्यक्रममा सहभागि अञ्जना धितालले नेतृत्व गरेको प्रगतिशिल प्यानलको प्रचार प्रसारमा कोहलपुर क्षेत्रका महिला व्यापारी, महिला उद्यमी तथा बहुसंख्यक रुपमा महिलाहरु प्रचार प्रसारमा होमिएपछि प्यानलले आफ्नो जित सुनिश्चित हुने आँकलन गर्न थालेको छ ।
यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : नेतृत्वका लागि प्रगतिशील र लोकतान्त्रिकबीच भिडन्त
घरदैलो कार्यक्रमका क्रममा मतदाताहरुको न्यानो माया स्नेह र आत्मियता पाएका प्रचार–प्रसारमा खटिएका उम्मेदवारहरुले क्याम्पस रोड हुदैँ साझा चोक पुग्दा स्थानीय व्यापारीहरुले सर्वतपानी खुवाएर स्वागत गरेपछि उम्मेदवारहरु झन हौसिएका थिए ।
यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : लोकतान्त्रिक समुहद्वारा प्रदीप भट्टराई नेतृत्वको टिम घोषणा
चुनाव प्रचार–प्रसार समितिका संयोजक समेत रहेका कुस्माखर वस्यालले महिलाको नेतृत्वले जित हासिल गर्नु भनेको तमाम महिलाहरुलाई स्वाभिमान बनाउन ‘एक घर एक महिला उद्यमशिल’ उत्पादन गर्ने अभियानले सार्थकता पाउने बताएका छन् ।
यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा
बाँके क्षेत्र नम्बर–१ का संयोजक समेत रहेका वस्यालले यसपालिको उद्योग वाणिज्य संघको निर्वाचन लक्षित प्रगतिशिल प्यानलको प्रचार प्रसारको नेतृत्व लिंदै ‘पुरुषलाई हेर्यौँ पटक–पटक महिलालाई हेरौं यसपटक’ भन्ने नाराका साथ फिल्डमा खटिएका छन् ।
वस्यालको नेतृत्वको प्रचार–प्रसार समितिलाई एमडि कडेँल र केशवराज शाहीले सहसंयोजकको भूमिका निभाउँदै साथ दिईरहेका छन् ।
यो पनि पढ्नुहोस् कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्वारा अञ्जना धिताल नेतृत्वको टिम घोषणा
कोरोना महामारि पश्चात उठनै नसकेको व्यापार व्यवसायीहरुको तमाम पीर, मर्कालाई सम्बोधन गर्न कुनैपनि क्षेत्रमा विवाद नभएको, कुनै कानूनी झै झमेला तथा मुद्दा मामिला नपरेकी महिला नेतृ अञ्जना धितालको प्यानलमा बरिष्ठ उपाध्यक्षमा भुपेन्द्रप्रसाद काफ्ले ,उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी,बस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दीपक अर्याल, उप–महासचिव गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उमेदवारी दर्ता गरेका छन भने सदस्यहरुमा, अंकित सिग्देल ,एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन बिस्वकर्मा, भानुराज उपाध्याय, मोतीप्रसाद सुबेदी, रबिप्रसाद कर्माचार्य, राजिव शर्मा तथा महिला सदस्यहरुमा अस्मिता केसी, प्रतिभा खड्का तथा एशोसियट सदस्यमा दिपेश खनाल रहेका छन् ।
दाङमा जीप दुर्घटना एकजनाको मृत्यु, ६ जना घाइते
सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर