File Photo
नेपालगन्ज ३० असोज : डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए ।
दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन। उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । -रासस
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन