नेपालगन्ज ५ कार्तिक : नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट निर्माण गरेको छ ।
अपांगता भएका ब्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख प्रशान्त विष्टले लिफ्ट सेवाको उद्घाटन गरे ।
आफू निर्वाचित हुने बित्तिकै अपाङ्गमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट सञ्चालन गर्ने पहिलो निर्णय गरेका नगर प्रमुख विष्टले अब अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताए । विष्टले अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौंले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिए ।
डेढ वर्षमा निर्माण सम्पन्न भएको लिफ्ट आधुनिक र डिजिटल प्रणालीमा आधारित रहेर निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ । आठ जना मानिस एकसाथ चढ्न सक्ने गरी निर्माण गरिएको लिफ्टमा व्हील चियर पनि अट्छ । नेपालगन्ज उपमहानगरपालिकाको भवन तीन तले छ ।
लिफ्ट सञ्चालनमा आएसंगै अपाङ्गता भएका ब्यक्तिहरु खुसी भएका छन् । नेपालगन्ज नगर स्तरीय अपांगता सञ्जालकी हरिकला थापाले धेरै वर्षदेखिको आशा र अपेक्षा पूरा भएको भन्दै खुसी व्यक्त गरिन् ।
लिफ्ट उद्घाटन कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राही लगायतको उपस्थिति थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी