बायाँबाट देवकरण कलुवार, जन्मजय तिमिल्सिना र आदेश अग्रवाल
नेपालगन्ज ७ कार्तिक : नेपालगन्जका आदेश अग्रवालसहित लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदैँ सिफारिस गरेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली काँग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए ।
सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, काँग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।
दाङमा जीप दुर्घटना एकजनाको मृत्यु, ६ जना घाइते
सल्यान : नालामा खेलिरहेका दुई बालकको डुबेर मृत्यु
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर