कोहलपुर ९ कार्तिक : कोहलपुरमा २ दिने बृहत देउडा खेल कार्यक्रमको आयोजना गरिएको छ । कर्णाली देउडा सांस्कृतिक समाजद्वारा बृहत देउडा खेल कार्यक्रमको आयोजना गरिएको हो ।
साबिकको कर्णालीका जिल्लामा मूल थलो भई हाल कोहलपुरमा बसोबास गर्दै आएका कर्णालीबासीको उल्लेख्य सहभागितामा देउडा खेल कार्यक्रम आयोजना गरिएको हो ।
सोक्रममा बिभिन्न जिल्लाबाट कोहलपुर आएका स्थानीय तथा राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि सिंह कठायतले संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिए ।
कर्णालीबासिको देउडा मुख्य संस्कृति भएको भन्दै यसको संरक्षण गर्दै आँउदो पुस्तालाई समेत यसबारे जानकारी दिनु पर्ने उनले बताए ।
उनले कोहलपुर लगायत बाँके जिल्लामा बसोबास गर्ने कर्णालीबासीलाई सङ्गठित भएर कला संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा कोहलपुर नगरविकास समितका पूर्व अध्यक्ष एवं माओबादी केन्द्रका नेता अवराज खड्काले पनि कर्णालीका पहिचान भनेको देउडा भएको बताउँदै यसलाई संरक्षण र संंर्वद्धन गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा देउडा गीतका राष्ट्रिय कला सरिता शाही लगायतको उपस्थिति रहेको थियो । स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुती रहने कार्यक्रम शनिबारसम्म चल्नेछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ