नेपालगन्ज १४ कार्तिक : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ‘तिहार विशेष मौसम बुलेटिन’ जारी गरेर तिहारका चार दिनको मौसमी सम्भावनाबारे जानकारी गराएको छ ।
विभागले बुधबार जारी गरेको बुलेटिनअनुसार यस वर्ष तिहारका दिन रहेका बिहीवारदेखिका चार दिनको सम्भावित मौसमी विवरण जारी गरेको हो ।
जसअनुसार चारै दिनमा देशका कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भू–भागमा मूख्यतया सफा रहने देखिएको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ