नेपालगन्ज २० कार्तिक : तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् ।
साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो ।
गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ