नेपालगन्ज २८ कार्तिक : सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन् ।
मन्दिरकी पुजारी ५० वर्षिया सरस्वती राजी आज बिहान मन्दिरको मूल ढोकामा घाँटीको पासो लागेको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर अजय डाँगीका अनुसार आज बिहान ५ः४५ बजे पुजारी मृत फेला परेको जानकारी स्थानीयले दिएका थिए । त्यसपछि प्रहरी टोली पुगेर मुचुल्का उठाएको थियो ।
उनको शव पोष्टमार्टमका लागि पठाइएको र अनुसन्धान भइरहेको इन्सपेक्टर डाँगीले जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म शंकास्पद केही देखिएको छैन । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि थाहा होला ।’
पुजारी नै मृत अवस्थामा भेटिएपछि यतिबेला मन्दिरको नियमित पुजा अर्चना रोकिएको छ । मृतक राजीले मादक पदार्थ अत्याधिक सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ ।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व