नेपाल र भारतका ८ सय बढी साधुसन्तले मेला भर्ने : अध्यक्ष
नेपालगन्ज २८ कार्तिक : बाँकेको नेपालगन्जको फुलटेक्रास्थित हडिया बाबा मन्दिर परिसरमा लाग्ने मेला तथा रामलिलाको तयारी पुरा भएको छ । आयोजक हडिया बाबा मन्दिर ब्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।
पछिल्लो ५८ वर्षदेखि नियमित लाग्दै आएको ५९ औं मेलाको सम्पूर्ण तयारी पुरा भएको समितिका अध्यक्ष नन्दलाल बैश्यले बताए । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट गरेर ८ सय बढी साधु तथा सन्तहरु आउने जानकारी दिए ।
‘गतवर्ष मात्रै साढे ७ सयजति साधु तथा सन्तहरु आएका थिए, हामी उनीहरुलाई फर्किदाँखेरी एक-एक वटा कम्बल र दक्षिणा दिन्छौं, सोही आधारको संख्या हो यो,’ उनले भने ‘यसवर्ष अझ बढी साढे ८ सय जति आउने अनुमान गरेका छौं ।’
मेला आईतबार (मंसिर २ गते)देखी सुरु भएर ६ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मेला अवधिभर साधु, सन्त तथा भक्तजनहरुलाई भण्डारा खुवाउने र रामलिला धार्मिक नाटक मञ्चन समेत गरिने बताइएको छ ।
आयोजकका अनुसार मंसिर २ गते ‘रुद्री पूजा’, ३ गते ‘श्रीराम जनम’, ४ गते ‘कालिया नाग नाथन’, ५ गते ‘सुदामा चरित्र’, ६ गते ‘मीरा चरित्र’ र ७ गते ‘धनुष यज्ञ’ गरिनेछ ।
हरेक वर्ष कार्तिकी स्नान मेलाको तेस्रो दिनमा हडिया बाबा मन्दिर परिसरमा मेला लाग्ने प्रचलन रहेको आयोजकले जनाएको छ । ‘यही दिन हडिया बाबाको वाार्षिक पुण्यतिथी पर्दछ, सोही दिनदेखी यहाँ मेला लाग्छ,’ बैश्यले भने –‘गत वर्ष मंसिर १३ गते हडिया बाबाको वार्षिक पुण्यतिथी परेको थियो भने यस वर्ष मंसिर २ गते सोमबार परेकोछ ।’
उनका अनुसार मेला अवधिभर २५ लाख बढीको खर्च हुने अनुमानछ । यो भक्तहरु स्वयमले भण्डारा लगायतको खर्च हो । तर समितिबाट करीब साढे चार लाख खर्च हुने गरेकोछ । मेला अवधिभर बेलुका ७ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुनेछ ।
हडिया बाबा मन्दिरको ऐतिहासिक महत्व रहेको अध्यक्ष बैश्यले सुनाए । मन्दिरमा आएर भाकल गर्ने ब्यक्तिको मनको चाहना पुरा हुने विश्वास रहेको अध्यक्ष बैश्यको भनाई छ । पत्रकार सम्मेलनमा मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने
सात दिनपछि सकियो काँग्रेसको मतगणना, शपथग्रहण दसैंपछि
‘पुलिस ब्याटन’ यसपालि लुम्बिनी प्रदेश प्रहरीलाई
बाँकेका प्रहरी प्रमुख अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना
घोराही मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते