नेपालगन्ज २८ कार्तिक : नेपाल पहिलोपटक आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा क्रिकेट प्रतियोगितामा छनोट भएकोछ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो ।
योसंगै नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्नेछ ।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २–२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय
विरोधबाट विचलित छैन, जिम्मेवारी निभाउछु: आनी छोइङ
सल्यानमा स्क्रब टाइफसको प्रकोप : अहिलेसम्म १० जनाको मृत्यु
नेपाल विश्वकप क्वालिफायर प्ले-अफको ‘होस्ट-कन्ट्री’