अमेरिकामा कार दुर्घटनामा परि २ नेपाली युवाको मृत्यु


सेतोखरी सेतोखरी   शनिबार, मंसिर ८, २०८१
अमेरिकामा कार दुर्घटनामा परि २ नेपाली युवाको मृत्यु

नेपालगन्ज ८ मंसिर : अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा कार लुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको छ । भने उक्त घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ ।

लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० वर्षिय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।

३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण रक्सी भएको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् ।

भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मस्टाङका चालक तामाङले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा बिहान करिब १२ः३० बजे दुर्घटना भएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।

सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गइ रूखमा ठोक्किएको थियो । दुर्घटना हुँदा तामाङको एक मात्र कार (सवारी साधन)संलग्न थियो । यात्रु रहेका दुई जनाको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

तामाङलाई अधिकारीहरूले कारागार पु¥याउनु अघि अस्पताल लागेका थिए । दुर्घटनामा उनलाई के कति चोटपटक लागेको हो भन्ने बताइएको छैन । तेस्रो यात्रु पनि घाइते भएको तर, अधिकारीहरूले उनको चोटबारे थप विवरण दिई नसकेको एनबिसीवाशिंगटनले जनाएको छ ।