नेपालगन्ज ८ मंसिर : बाँकेको राप्तीसोनारी हुने १७औँ राष्ट्रपति रनिङशिल्ड र सातौँ गाउँपालिका रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएकोछ । आगामी पुस १३ गतेदेखि १५ गतेसम्म शिवशक्ती मावि पेडारीमा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको तयारी, व्यवस्थापन र त्यसलाई भव्यता दिने विषयमा विभिन्न पक्ष र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भइरहेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।
राप्तीसोनारी गाउँपालिकामा रहेका विद्यालयका प्रअहरु सम्मेलित एउटा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पौडेलले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी गराउन निर्देशन दिएकाछन् । प्रतियोगितामा सम्पूर्ण विद्यालयको सक्रिय सहभागिताको आवश्यकता औँल्याउँदै अध्यक्ष पौडेलले व्यवस्थापनमा भूमिका खेल्न आग्रह गरे ।
योपटक थप प्रभावकारी र आकर्षित गर्नका निमित्त विद्यालयस्तरीय लोक नृत्य (एकल) प्रतियोगिता र विज्ञान प्रदर्शनी प्रतियोगिता समेत समावेश गर्न अध्यक्षले सुझाव दिएको शिवशक्ति माविका प्रअ पुरस्कार खड्काले जानकारी दिए ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, दौड (ट्रयाक)तर्फ छात्र सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर दौड, रिले दौड, उफ्रने र फ्याक्ने, हाइजम्म, लङजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट, कराँते, तेकवान्दो लगायतका इभेन्टहरू समावेश हुनेछन् ।
राप्तीसोनारीमा ७२ वटा विद्यालय छन् । आधारभूत तहका विद्यालयलाई वडामै प्रतिस्पर्धा गराइनेछ । त्यहाँबाट छनोट भएका विद्यालयले पुस १३ गतेदेखि १५ गतेसम्म चल्ने प्रतियोगितामा समावेश गरिने पनि प्रअ खड्काले बताए । प्रतियोगितामा माध्यमिक तहका २४ विद्यालयले सहभागिता रहनेछ ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन