बैकुण्ठधाम आध्यात्मिक महोत्सवः दुई करोड बढी आम्दानी, खर्च ७५ लाख


सेतोखरी सेतोखरी   शुक्रबार, मंसिर १४, २०८१
बैकुण्ठधाम आध्यात्मिक महोत्सवः दुई करोड बढी आम्दानी, खर्च ७५ लाख

नेपालगन्ज १४ मंसिर : बाँकेको डुडुवा गाउँपालिका–५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यस्थितरुपमा बहुआयामिक बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : दान ग्रहण गर्न भ्याइनभ्याई

नेपालगन्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको हो । बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले उक्त कार्यक्रमबीच महोत्सवमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सवः भक्तहरुको भरिभराउ, पाँचौ दिनमा २५ लाख बढी संकलन

कोषाध्यक्ष श्रेष्ठका अनुसार गत कार्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्जमा सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवबाट कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपैयाँ आम्दानी भएको छ । 

यो पनि पढ्नुहोस् गाउँपालिकाको पैसामा राजनीतिको रोटी सेक्दै इस्तियाक

महोत्सवमा कुल तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ आम्दानी र ७५ लाख सात हजार ३७७ रुपैयाँ खर्च भएको श्रेष्ठले बताए । प्राप्त आम्दानीबाट खर्च कटाएर कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपैयाँ बचत भएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको चौथो दिन ३० लाख बढी संकलन

श्रेष्ठका अनुसार दाताहरुबाट एक करोड २७ लाख ७३ हजार ११४ रुपैयाँ नगद प्राप्त, क्यूआरमार्फत २६ लाख ६३ हजार १६९ रुपैयाँ, चेकमार्फत ८८ लाख ३४ हजार ६७४ रुपैयाँ र घोषणामार्फत ६० लाख ४४ हजार ४७ रुपैयाँ गरी तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ आम्दानी बापत जम्मा भएको हो ।

यो पनि पढ्नुहोस्  बैकुण्ठधाम आध्यात्मिक महोत्सव : घटाइयो शिलालेखको रकम

विभिन्न शीर्षकमा ७५ लाख सात हजार ३७७ रुपैयाँ खर्च भएको श्रेष्ठले सार्वजनिक गरेको आयव्यय विवरणमा उल्लेख गरिएको छ । बैङ्कमा एक करोड ४५ लाख ९७ हजार ४२८ नगद रुपैयाँ जम्मा रहेको, घोषणा गरेको ६० लाख ४४ हजार ४७ रुपैयाँ उठ्न बाँकी रहेको र २१ लाख ६६ हजार १५२ हजार रुपैयाँ बराबरका प्राप्त भएको चेक साट्न बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा वाचनको तेस्रो दिन दाताले गरे ३० लाख दान

त्यसैगरी जिन्सीतर्फ नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले डुडुवा गाउँपालिका वडा नम्बर–५ मा एक कट्ठा जग्गा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्ष दीपककुमार वर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा २६ धुर जग्गा प्रदान गर्नुभएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस् बैकुण्ठधाम आध्यात्मिक महोत्सव : दोस्रो दिन ३२ लाख बढी दान, भक्तहरुको बढ्यो घुँइचो

ब्रह्मनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क, उद्यानसहितको बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले गत कार्तिक २२ देखि ३० गतेसम्म वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको थियो ।

यो पनि पढ्नुहोस्  बैकुण्ठधाम आध्यात्मिक महोत्सवः पहिलो दिन ८ लाख आर्थिक संकलन

महोत्सव मूल समारोह समिति संयोजक डा. सुरेश कुमार कनोडियाले मानव जीवनको अन्तिम विश्रामस्थल सिधनियाघाट निर्माण सहयोगार्थ सञ्चालित बैकुण्ठधाम आध्यात्मिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको बताए । 

यो पनि पढ्नुहोस् ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्जमा आध्यात्मिक महोत्सव शुरु

कनोडियाले यो पुनित कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले यो कार्यलाई जसरी पनि टुंगोमा पुर्याउने दृढता व्यक्त गरे । महोत्सवमा कथा वाचन पण्डित दीनबन्धु पोखरेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्  कार्तिक अन्तिम साता नेपालगन्जमा बैकुण्ठधाम अध्यात्मिक महोत्सव