नेपालगन्ज :नेपालगन्जका होटल व्यवसायीले प्रदेश पाँचका उपसभामुख कृष्णी थारुसँग यहाँको व्यवसायीक समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । माघी मनाउन बर्दिया जाने क्रममा नेपालगन्ज आएकी उपभामुख थारुसँग मंगलबार बिहान यहाँका होटल व्यवसायीहरुले भेटघाट गर्दै यस्तो आग्रह गरेका हुन् ।
भेटघाटमा होटल व्यवसायी संघ, बाँकेका पुर्व अध्यक्ष भाष्कर काफ्लेले पछिल्लो समय नेपालगन्जको होटल व्यवसाय सन्तोषजनकरुपमा फस्टाउन नसकेको बताए । उनले भने,–‘जुनरुपमा यहाँ साना ठुलो होटलमा लगानीको आर्कषण छ, त्यस अनुसार व्यवसाय फस्टाउन सकेको छैन ।’ काफ्लले संघीय संरचना कार्यान्वयनसंगै नेपालगन्जबाट सरकारी, गैरसरकारी निकाय अन्यत्र सरेर गएको र यहाँ हुने कार्यक्रममा पनि कमी आएको बताए । नेपालगन्जलाई मानसरोवरसंग जोडेर धार्मिक पर्यटनको विकास गर्न सके धेरै राम्रो हुने काफ्ले बताए ।
व्यवसायीहरुले सो क्रममा धार्मिक पर्यटनको विकास गर्न नेपालगन्ज दिल्ली हवाई उडान आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघ बाँकेका महासचिव भिम कंडेलले नेपालगन्ज दिल्ली उडान जतिसक्यो छिटो हुनुपर्नेमा जोड दिए । उनले अन्य पुर्वाधार नबने तर नाकाकै भरमा होटल व्यवसाय फस्टाउन नसक्ने बताए । उनले त्यसका लागि उपसभामुख मार्फत मुख्यमन्त्रीको ध्यानार्कषण गराका थिए । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, नेकपाका नेता अशोक कर्माचार्य, डिल्ली बिसी, नेपाल पत्रकार महासंघ प्रदेश पाँचका महासचिव भेषराज बस्नेत, होटल व्यवसायी रंग खड्का, खडानन्द काफ्ले लगायतको सहभागीता थियो।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?