नेपालगन्ज। पूर्वपश्चिम राजमार्गमा पर्ने सौरीस्थित सडकमा दुई कार जुध्दा एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका १ को उक्त सडकखण्डमा शनिबार बिहान दुर्घटना भएको हो।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंका लागि जाँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
उक्त दुर्घटनामा परी गम्भिर घाइते भएका कैलाली धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ भने घाइते कार चालक डोटी, साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.मा उपचार भइरहेको छ।
त्यस्तै, बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङ घोराही उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
८४९६ नम्बरको कारका चालक दाङ घोराही उपमहानगरपालिका–७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने सकुशल छन्। हाल उनि इलाका प्रहरी कार्यालय कुसुमको नियन्त्रणमा छन्।
बाँकेकाे कसुमनजिकै दुई कार जुधे एकजनाको मृत्यु, छ जना घाइते
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’
बाटोमा खेलिरहेका थिए छ वर्षीय बालक, ढुङ्गाले हानेर हत्या !
लखनउमा ब्यापारी शिवाको हत्यापछि नेपालगन्ज छिरेकी थिइन् श्रद्धा?
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’
लुम्बिनीमा आनीको नियुक्तिविरुद्ध निरन्तर स्थानीय