बाँके र बर्दियामा बाघ आक्रमण बढ्दोः निकुञ्ज क्षेत्रका बासिन्दा त्रसित


बाँके र बर्दियामा बाघ आक्रमण बढ्दोः निकुञ्ज क्षेत्रका बासिन्दा त्रसित

नेपालगन्ज:पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेकोछ । बाघ आक्रमण बढेसगैं निकुञ्ज आसपास क्षेत्रका बासिन्दा त्रसित बनेकाछन् ।

निकुञ्ज क्षेत्रका बासिन्दामाथि बाघले पटक–पटक आक्रमण गर्दा सो क्षेत्रका बासिन्दाको धनजान जोखिममा परेकोछ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्को हो ।

बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसगैं निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुदैं मानव वस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रबेश गर्न थालेको हो ।

निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायसंग मानववस्तीमै पुगरे आक्रमण गर्ने बाघको नियन्त्रणका लागि व्यवस्थापन गर्न सकिरहेकोछैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

निकुञ्ज र सरोकारवाला निकुञ्जका बाघ मात्र नभई अन्य वन्यजन्तुलाई समेत नियन्त्रण तथा उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन् । अधिकांसले अनाहकमा आफ्नो ज्यान गुमाईरहेकाछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणमा परि मङ्गलबार एकजना माहुतेको मृत्य भएको छ ।

निकुञ्जभित्र गैँडा मचान नजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका–७, मोहनपुरका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंगरे थारुको मृत्य भएको हो । थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए ।

हात्तीका लागि घाँस काट्ने क्रममा पाटे बाघले थारुलाई झम्टेको निकुञ्जले जनाएको छ । बाँके र बर्दियामा पछिल्ल दिन पाटे बाघको आक्रमण बढेको हो । यसअघि बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा दुईजनाको मृत्यु समेत भइसकेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा यसअघि दुईदिनको अन्तरालमा दुईजनाको मृत्यु भएको थियो ।

२०७६ भदौ ५ गते बिहीबार बर्दिया जिल्ला गेरुवा गाँउपालिका वडा नम्बर ४ मा पाटेबाघले आक्रमण गर्दा सोही स्थानका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उनी घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले उनीमाथि आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।
यस्तै यो घटना सेलाउन नपाउदै बर्दियाकै ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाँउ खानेपानी ट्याकीं नजिक २०७६ भदौ ८ गते आईतबार विहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीय ७० वर्षीय पहरिया थारुको मृत्यु भयो ।

बुंगुरलाई दाना दिन हिँडेका पहरिया थारुलाई बाघले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो । दुईदिनको अन्तरालमा बर्दिया जिल्लामा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र राष्ट्रिय निकुञ्ज बर्दियाले सवैलाई सजग र सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गरि हटाइएको थियो ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना सेलाउन नपाउँदै पुनः बर्दियामा बाघको आक्रमणमा परि मङ्गलबार माहुतेको मृत्यु हुदाँ यतिखेर सो क्षेत्रका बासिन्दा त्रसिद बनेकाछन् ।

यस्तै बाघ आक्रमणको घटनालाई हेर्दा गत माघ २१ गते बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर–२, साविक जमूनी गाविस वडा नम्बर–५, मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । सोही घटनामा बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाईते भएका थिए ।

बाघको आक्रमणको घटनाबाट बाँके पनि अछुतो रहेन । बाँकेको खजुरा गाँउपालिका वडा नम्बर–३, धौलागिरीमा २०७६ जेठ ३ गते सोमबार साँझ पाटेबाघले आक्रमण गर्दा तीन जना घाईते भएका थिए । घाईते मध्ये ५० वर्षीय दीपबहादुर श्रीष गम्भीर घाईते भएपछि उनलाई नेपालगन्ज मेडिकल केलजमा उपचार गरेर बचाइएको थियो ।

मानव वस्तीमा बाघ तथा वन्यजन्तु प्रवेश गरि धनजनको नोक्सानी गरिरहदाँ समेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारु बताउँछन् ।

उनले भने बाघ र अन्य वन्यजन्तु प्रवेश गरि धनजनको नोक्सानी गरिरहदाँ समेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारु बताउँछन् ।

उनले भने बाघ र अन्य वन्यजन्तुहरु निकुञ्जबाट मानव वस्तीमा प्रवेश गर्छन्, खेतबारी, घरमा नोक्सानी पु¥याउनुका साथै मानवको ज्यान समेत लिने गरेकाछन् ।

यसरी मानव वस्तीमै पुगेर वन्जयजन्तुले आक्रमण गर्दा सोबाट बच्न प्रतिकार गर्दा निकुञ्जले कानून लगाउँछ । पक्रिन्छ । नगरौं हाम्रो ज्यान जोखिममा छ । उनले आफ्नो पीडा सुनाए ।

नेपालको कानूनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । हालसम्म बाँके र बर्दियामा बाघ र अन्य वन्यजन्तुका कारण ज्यान गुमाउने मृतक परिवारले सरकारद्वारा प्रदान गरिने राहत रकम समेत नपाएको मध्यवर्ती क्षेत्रका बासिन्दा बताउँछन् ।

सरकारको तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ वटा र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा पाटे बाघ रहेका छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको संख्या बढोत्तरी भएपनि उचित संरक्षण तथा आहाराका कारण मानव वस्तीमा पुगेर वन्यजन्तुले आक्रमण गरिरहेकाछन् ।

यो पनि पढ्नुहोस्

बाँके राष्ट्रिय निकुञ्ज : बाघ बढ्दै, आहारा घट्दै

बर्दियामा बाघले २ जना खायो