डडेल्धुरा । चट्याङ लागेर डडेल्धुरामा आज एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका वडा नम्बर–३, बागथलाका ३० वर्षीय हर्कबहादुर थापाको ज्यान गएको हो ।
आज (मंगलबार) बिहान १० बजेतिर आफ्नै घरमा बसिरहेका थापालाई चट्याङ लागेको थियो । चट्याङ लागेका थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्बरबहादुर केसीले बताए । डलडेल्धुराकै सोही गाउँपालिका–५, भित्रीसैनमा चट्याङ लागेर थप दुईजना घाइते भएका छन् । घाइते हुनेमा भित्रीसैनाका मानबहादुर विष्ट र गोमती विष्ट हुन् । घाईते दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?