५० हजार घुस सहित ठाकुर अख्तियारको फन्दामा


५० हजार घुस सहित ठाकुर अख्तियारको फन्दामा

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जले एकजना कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ ।
जग्गा पास गर्दा सेवाग्राहीसँग ५० हजार घुस लिने खरिदार सन्जयसिंह ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बताए ।

जग्गा पास गर्दा धेरै पैसा लाग्ने भन्दै त्यसमा मिलाइदिने नाममा ठाकुरले महिला सेवाग्राहीसँग उक्त रकम लिएका थिए । जग्गा पास गर्न शुक्रबारदेखि महिलाहरु कार्यालय आएका थिए ।  उनीहरूसँग ठाकुरले एक लाख १७ हजार रुपैया माग गरेको खुलेको छ । महिलाहरूले त्यो दिन नसक्ने भनेपछि ठाकुर ५० हजार लिन तयार भएका बेला अख्तियार टोलीले पक्राउ गरेको हो ।