कमल न्यौपाने
नेपालगन्ज : खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारण कक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धान मध्ये करिब १२ हजार क्विन्टल धान यसरी
राखिएको हो ।
संस्थानका तीन वटा गोदाम चामलले भरिएको कारण अहिले खरिद गरिएको केही धान बाहिरै राख्नु परेको खाद्य संस्थान नेपालगन्जका प्रमुख
हरि जोशी बताउँछन् । अहिले संस्थानमा बाहिर राखिएको सहित ३२ हजार क्विन्टल धान /चामल स्टक रहेको छ । यसरी खुल्ला मैदानमा त्रिपालमुनि राखिएकामध्ये आठ हजार क्विन्टल धानको मात्रै वीमा गरिएको जोशी बताउँछन् ।
संस्थानले खरिद गरेको धान र कुटाएको चामल राख्नका लागि भाडामा गोदाम खोजी गरेपनि सोमबारसम्म भाडाकै गोदाम समेत पाउन नसकेको जोशीले बताएका छन् । उक्त चामल र धान पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि संस्थानमा राखिएको हो । गोदाममा रहेको करिब पाँच हजार क्विन्टल चामल जुम्ला र कालिकोटमा पठाई सकिएको छ । अञ्चल कार्यालयका प्रमुख जोशीले मुगु, जाजरकोट र डोल्पामा पठाउने तयारी भइरहेको बताए ।
संस्थान कार्यालय प्रमुख जोशीकाअनुसार अहिले करिब १५ हजार किवन्टल जापानीज चामल आएको छ । उक्त चामल राख्नका लागि दुईवटा गोदाम प्रयोग भएका छन् । एउटामा १० र अर्कोमा पाँच हजार क्विन्टल जापानीज चामल राखिएको छ । उनले भने ‘यसले पनि यहाँ खरिद गरिएको धान राख्न समस्या भएको हो ।’ उनका अनुसार संस्थानमा तीनवटा गोदाम छन् । दुईवटामा जापानीज चामल छ बाँकी रहेको एउटा गोदाममा यहाँ खरिद गरिएको केही क्विन्टल धान र कार्यालयका सामग्री थुपारिएको छ ।
संस्थानमा गोदाम भवनको अभाव छ खरिद गरिएको धान र कुटिएको चामल गोदाम बाहिरै त्रिपालमुनि राख्नुको विकल्प छैन उनले भने ‘दिउँसोमा त्रिपाल निकाल्ने र रातीमा त्रिपालले छोप्ने काम चलिरहेको छ ।’ नेपालगन्जमा धान राख्ने स्थानकोअ भाव देखिएको छ । यहाँबाट खाद्यान्न पठाउनु पर्ने कर्णाली प्रदेशका विभिन्न जिल्लामा भने चामलको अभाव भईरहेको छ । कर्णालीका विभिन्न जिल्ला पठाउनुपर्ने चामल समेत नेपालगन्ज्मै थुपारिएको छ । संस्थान प्रमुख जोशीले भने ‘समस्या नै समस्याका बीच कर्णालीका केही जिल्लामा थोरै भएरपनि चामल ढुवानी भईरहेको छ ।’
उनकाअनुसार कर्णालीको माग बमोजिक सबै जिल्लामा चामल ढुवानी भने गर्न सकिएको छैन् । संस्थानमा रहेको मौजाद चामल ढुवानी गर्ने र संस्थान परिसरमा त्रिपालमुनि रहेको धान कुटाई सुरक्षित भण्डारका लागि साल्ट टेडिङको गोदाम माग गरिरहेको उनले जानकारी दिए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?