नेपालगन्ज : भन्सार कार्यालय नेपालगन्जमा रहेको डेढ करोड मूल्य बराबरको मेशिन प्रयोगविहीन अवस्थामा थन्किएको छ । एक बर्षअघि खरिद गरि ल्याईएको उक्त ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको भन्सार प्रमुख शान्तिराम निरौला बताउँछन् ।
सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको उक्त मेशिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी वालुवामा पानी झै भएको छ । यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन् । भन्सार कार्यालय जमुनाह नाका भन्दा टाढा र भित्र परेको हुँदा पनि मेशिन कार्यालय परिसरमा राख्नुको विकल्प नरहेको उनले बताए । नेपाल–भारत सीमामा दैनिक हजारौँको संख्यामा सर्बसाधारणको आवत जावत हुने गरेको छ । जमुनाह नाकाबाट बिभिन्न प्रकारका अबैध क्रियाकलाप हुने गरेतापनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रबिधि नरहेको बताईएको छ ।
प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन्। जसले गर्दा समानकाबिच भागमा लुकाई छिपाई लगिने र अबैध सामान नेपाल भित्रने गरेका छन् । भौतिक पुर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भईरहेको भन्सार प्रमुख निरौला बताउँछन् । सरकारका अर्थमन्त्रीको निर्देशनपछि कार्यालयले भन्सारका भौतिक पूर्वाधारमा सुधार गर्न थालिसकेको उनले बताए । अहिले नेपालगन्ज भन्सारलाई चुस्तदुरुस्त पार्न पुर्वाधार निर्माणको काम थालनी गरेको उनी बताउँछन् ।
प्रमुख निरौलाले हाल भन्सार कार्यालयमा रहेको गेट निर्माण सुरु गरेको जानकारी दिए । नयाँ भन्सार यार्डको भित्रिने र बाहिरिने गेटको जग्गा अधिग्रहण गरी दिर्घकालिन रूपमा फाईदा पुग्ने गरी भन्सारको नाममा ल्याईएको उनले बताए । यसअघि गेट अगाडीको भाग व्यक्तिको नाममा रहेछ उनले भने ‘तर अब भन्सारकै भएपछि कामकाज गर्न सहज भएको छ ।’ सोही ठाउँमा अत्याधुनिक शौचालय र प्रहरीका लागि सुरक्षाचौकी निर्माण गरिन लागेको उनले बताए । नयाँ यार्डको ढलान र ट्रस्ट निर्माणको स्टिमेट गरी केन्द्रमा पठाईएको उनले जानकारी दिए । नयाँ यार्ड ढलान नगर्ने हो भने बर्षामा केही राख्न मिल्दैन । त्यही भएर यो काम गर्न खोजेको निरौलाले बताए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?