नेपालगन्ज स् संघीय समाजबादी फोरबाट शहरी विकास मन्त्री बनेका मोहम्मद ईस्तियाक राईको चुनाव लडेको क्षेत्रबाट ठूलो संख्यामा नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेकाछन् ।
मन्त्री राईको दवदवा रहेको साविकको बाँके क्षेत्र नम्बर २ बाट संघीय समाजबादी फोरमका क्षेत्रीय नेता सहित ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । राई साविकको बाँके क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका थिए । तर, यसपटक क्षेत्र खुम्चिएपछि राई साविकको क्षेत्र नम्बर ३, हालको क्षेत्र नम्बर २ बाट चुनाव लडेर विजयी भएका हुन् ।
बाँकेको साविकको क्षेत्र नम्बर २ हालको क्षेत्र नम्बर १ राप्तीपारी नरैनापुरका प्रभावशाली नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । संघीय समाजबादी फोरमका नेता मनोज शर्मा, मधेशी फोरमका मोहम्मद अनिफ, नरैनापुर गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लडेका राप्रपा नेता रामानन्द शर्मा सहित तीन सय पचास जना मंगलबार काँग्रेसमा प्रवेश गरेको मुस्लिम संघ बाँकेका अध्यक्ष तथा सांसद मोहम्मद याकुव अन्सारीले जानकारी दिए ।
उनीहरुलाई काँग्रेस नेता फरमुल्लाह मनसुर, डिला संग्रौला लगायतले टिका लगाएर काँग्रेसमा प्रवेश गराएका थिए । अध्यक्ष याकुवले नेकपा र अन्य साना दलहरु छाडेर ३ सय ५० बढी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताए ।
काँग्रेसमा प्रवेश गरेका रामनन्द शर्मा बघौडा क्षेत्रमा दशकौं देखि बर्चश्व जमाएर बसेका ब्यक्ति हुन् । शर्माले मुलुकलाई सम्बृद्धि र विकासको बाटोमा डोर्याउने काँग्रेस बाहेक अन्य दलमा नभएको आफूलाई लागेर राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेको बताए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?