नेपालगन्ज: यस क्षेत्रकै पहिलो विकास बैंक कर्णाली विकास बैंकको निक्षेप संकलन दुई अर्ब ९५ करोड रहेको छ । बाँकेको नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकले उक्त निक्षेप संकलन गरेको हो ।
बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनशेकुमार रावत बताउँछन् । बैंकले अहिलेसम्म दुई अर्ब १० करोड जति ऋण लगानी भएको उनले जानकारी दिए । बित्तिय सूचकहरु हरेक वर्ष सुदृढ हुँदै गएकोले आगामी दिनमा अझ राम्रो हुने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत रावतले बताए ।
बैंकले आफ्नो १४औं साधारण सभाको तयारी व्यापक गरेको छ । आगामी १६ गते गर्ने मिति तय भएको बार्षिक साधारण सभाका लागि बैंकले तयारी तीब्र पारेको हो । गएको महिनाको १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको बैंकले बताएको छ । सभामा अध्यक्षले बार्षिक प्रतिबेदन पेश गर्ने छन्, भने अन्य नियमन कामका साथै संस्थापक समूहबाट तीन जना सञ्चालक चयन हुने छ । कर्णाली डेभलपमेन्ट बैंक २०५९ सालमा स्थापना भएको हो । बाँके, बर्दिया र दाङमा आफ्नो सेवा विस्तार गरेको उक्त बैंकले प्रधान कार्यालय बाहेक यी तीन जिल्लामा १५ वटा शाखा सञ्चालनमा ल्याएको उनले बताएका छन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?