आर्थिक अभावले उपचारमा समस्या


आर्थिक अभावले उपचारमा समस्या

नेपालगन्ज : भारतको सिमलामा दुई हात र एक खुट्टा गुमाएका बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८, का बुद्धिमान कुवंरको आर्थिक अभावले गर्दा उपचारमा समस्या देखिएको छ । सिमलामा श्रम गर्दै आएका बुद्धिमानले बोकेको सरिया(छड) विद्युतको तारमा छुदाँ करेन्ट लागेर गभ्मीर घाईते भएका कुँवरले दुई हात र एक खुट्टा गमाए ।


आर्थिक अवस्था कमजोर भएका कारण ज्यालामजदूरी गरि आफ्नो गुजारा चलाउने कुँवरलाई आफ्नो उपचार कसर िगर्ने भन्ने चिन्ताले पिरोलेको छ । आर्थिककै कारण उपचारमा समेत समस्या भएको उनी बताउँछन् । समपत्तिका नामा रहेको थोरै जग्गालाई उपचारकै लागि भने न्यून मूल्यमा विक्रि गरेको कुवंरले बताए ।


करेन्टबाट हातखुट्टा गुमाएका कुवँर यतिवेला परिवारको सहयोगविना केहीगर्न सक्दैनन् । थप उपचार पछि आफै दिसापिसाव र सामान्य आवतजावत गर्न सक्ने हुनेभएकाले थप उपचारका लागि सहयोग गरिदिएन उनले आग्रह गरे । बुद्धिमानका लागि अहिलेसम्म काठमाण्डौंको टिमले २६ हजार एक सय ५० रुपैया र बैजनाथ गाउँपालिकाबाट १० हजार सहयोग भएको उनकी आमा विमु कुवंरले बताईन् । बुद्धिमान २३ बर्षका छन् । उनको श्रीमति र ४ वर्षीय एक छोरा छन् । उनलाई उपचारको लागि आर्थिक अभावले सताएकोछ । सहयोगी हातहरुसंग बुद्धिमानलाई सहयोग गर्नको लागि ९८२२४१५५२७ मा सम्पर्क गर्न उनको परिवारले आग्रह गरेकोछ ।