नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकालाई आगामी पाँच बर्ष भित्र बालबिवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्लान ईन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिका र स्याक नेपालको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै कक्षपतिले बालबिवाह मुक्त बनाउने गाउँपालिकाको अभियानमा साथ दिन बिद्यालयका शिक्षक, बिद्यार्थी अभिभावक र सम्बन्धित सरोकारवालालाई आग्रह समेत गरेका छन् ।
खजुरा क्षेत्रका बिभिन्न बिद्यालयका शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक समितिका पदाधिकारीका लागी लैंगिक मैत्री वातावरण र बाल बिवाह न्यूनिकरण लागी खजुरामा आयोजित एक दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कक्षपतिले बिद्यालयले अतिरिक्त क्रियाकलाप नै संचालन गरेर लैंगिक समानता र बालबिवाह रोकथामको अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
बिद्यालयमा हुने शिक्षणका क्रममा शिक्षकले बिद्यार्थीहरुलाई बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बिद्यालयलाई बालमैत्री र लैंगिक मैत्री वातावरण संचालन गर्नमा मद्धत गर्ने र बिद्यालयमा बालसंरक्षण नीति बनाई कार्यान्वयमा ल्याउने लगायतका उदेश्यका साथ भिमुखिकरण कार्यक्रमको आयोजना गरिएको स्याक नेपालका सुपरभाईजर पुष्पाकुमारी सुनारले बताईन ।
गाउँपालिका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा श्रोत ब्यक्ति टंकनाथ दाहाल लगायत ४० जनाको सहभागिता रहेको थियो ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?