७७ वटै जिल्लामा पुग्ने पहिलो बैंक, ३ शाखाबाट स्मार्ट सेवा सुरु
नेपालगन्ज : राष्ट्रिय बाणिज्य बैंकले नेपालगन्जमा रहेको नीलसागर बृद्धाश्रममा एक लाख ८५ हजार रूपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकको ५४औं बार्षिकत्सवका अवसरमा बिहीबार क्षेत्रीय कार्यालय नेपालगन्जको सक्रियतामा उक्त सहयोग प्रदान गरिएको हो ।
उक्त सहयोगमा अवसरमा क्षेत्रीय कार्यालयले ८० हजार, नेपालगन्ज शाखाले ५० हजार, खजुरा शाखाले २५ हजार र नेपालगन्जको त्रिभुवनचोक शाखाले ३० हजार गरी जम्मा एक लाख ८५ हजार सहयोग प्रदान गरिएको नेपालगन्ज शाखाका प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए ।
उनकाअनुसार उक्त कार्यक्रममा बैंकका निर्देशक विमलराज खनाल, क्षेत्रीय प्रमुख आनन्द सुवेदी, शाखा प्रमुखहरू कृष्ण धिताल, हस्तबहादुर शाही, देवान थापा लगायतको सहभागीता रहेको थियो ।

बैंकका देशभर रहेका सबै शाखा कार्यालयमा बिहीबार आधा दिन मात्रै काम भएको छ । वार्षिकोत्सव परेकाले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम भएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । यसैबीच ज्ञानोदय बिद्या निकेत (जिभिएन) का बिद्यार्थीहरुले नीलसागर बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग गरेका छन् । उक्त बिद्यालयमा रहेको जुनियर रेडक्रस आवद्ध बिद्यार्थीहरुले बिहावार बृद्धाश्रममा गएर सहयोग गरेका हुन् ।
बिद्यार्थीहरुले बृद्धबृद्धाहरुलाई चामल, दाल, नुन, तेल जस्ता खाद्यन सामाग्री दिएको बिद्यालयका इन्चार्ज अभिशेक खनालले जानकारी दिए ।
सहयोग बितरण कार्यक्रममा बिद्यार्थी सहित शिक्षक खनाल, लेखा प्रमुख बर्षा पोख्रेल, बृद्धाश्रम सन्चालन अभियानका अभियानता नारायाण सुवेदीको सहभागिता थियो ।
७७ वटै जिल्लामा पुग्ने पहिलो बैंक
देशमै ७७ वटा जिल्लामा आफ्नो शाखा विस्तार गर्न राष्ट्रिय वाणिज्य बैंक सफल भएको छ । यसैसग सवै जिल्लामा शाखा विस्तार गर्ने बैंकहरुमध्ये पहिलो बैंक हुन पुगेको छ । बैंकले आफ्नो ५४औं वार्षिकोत्सव मनाउनेक्रममा उक्त जानकारी दिएको हो ।
वार्षिक उत्सवका अवसरमा बैंकले काठमाडौंका नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चमा पनि परिणत गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले डिजिटलाइज्ड बैंकिङ बनाउने क्रममा स्मार्ट ब्रान्चको आरम्भ गरिएको उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ पुस मसान्तसम्ममा बैंकको कुल निक्षेप रू. १ खर्ब ८२ अर्ब र कर्जा लगानी रू. १ खर्ब ३४ अर्ब पुगेको बताए । चालू आवको पहिलो ६ महीनामा बैंकले रू. १ अर्ब ९६ करोड खुद मुनाफा कमाएको छ । हाल बैंकका १ सय ६५ ओटा एटीएम मेसिन, १७ स्थानमा एक्स्टेन्सन काउन्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
के हो स्मार्ट ब्रान्च ?
बैंकका उक्त ३ शाखा स्मार्टमा परिणत भएपछि बैंकले ल्याएको टोकन सुविधालगायतका प्रविधि प्रयोग गरिने र सेवाग्राहीले अब छिटोछरितो रूपमा सेवा लिन सकिने बताएको छ । बैंकका अनुसार यस्ता शाखाबाट अब ग्राहकले ३० लाख रुपैयाँबराबरको व्यवसाय कर्जा, २५ लाख रुपैयाँबराबरको घर कर्जा र २० लाख रुपैयाँको गाडी कर्जा निवेदन दिएको एक हप्तामै प्राप्त गर्न सक्नेछन् । पहिलो चरणमा तीनओटा शाखालाई स्मार्ट ब्रान्चमा परिणत गरेकोे बैंकले क्रमशः सबै शाखालाई स्मार्टमा परिणत गर्ने जानकारी दिएको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?