सेवाग्राहीको व्यवहारअनुसार शूल्क निर्धारण

कर्मचारी ५१, लेखन्दास २५० !


सेवाग्राहीको व्यवहारअनुसार शूल्क निर्धारण

नेपालगन्ज: मालपोत कार्यालय नेपालगन्जमा कार्यरत लेखापढी व्यवसायीले जग्गा पास तथा धितो पासको शूल्क तोका छन् ।
तर, उक्त शूल्क अहिले कार्यान्वयनमा आउन सकेको छैन् । लेखापढी कानून व्यवसायी संघले तयार पारेको मापदण्ड र तोकेको शुल्क कार्यान्वयनमा नआएपछि अहिले त्यहाँ सेवाग्राहीको व्यवहारअनुसार शुल्क निर्धारण गर्ने गरिन्छ ।

संघले जग्गा पास र धितोमा दुई हजार देखि दुई हजार पाँचसयसम्म शुल्क लिने मापदण्ड तयार गरेको संघका उपाध्यक्ष जग्दम्भा पाठक बताउँछन् ।

उनले भने ‘यो भन्दाबढी कसैले पनि लिन पाउँदैन् । तर, अहिले उक्त मापदण्ड लागू भैनसकेकोले सेवाग्राही र व्यवसायीबीचको आपसी सहमति र सेवाग्राहीको व्यवहारको आधारमा शुल्क लिने गरिएको छ ।’
मालपोतको सेवा सहज भएको बताउँदै उनले लेखापढी कानून व्यवसायी विना सर्वसाधारणले सिधै काम गर्न पनि सक्ने बताए । लेखापढी व्यवसायीले कुनै पनि सेवाग्राहीबाट जर्बरजस्ती शुल्क नलिएको संघका उपाध्यक्ष पाठकले बताउँछन् ।

संघका उपाध्यक्ष पाठकका अनुसार संघमा दर्ता भएका व्यवसायीको संख्या दुई सय जति छ । ५० भन्दाबढी व्यवसायी अहिले पनि संघमा दर्ता भएका छैनन् । उनले भने ‘करिब ५० जना जति व्यवसायीहरू संघमा दर्ता भएरै पनि निस्क्रिय बसेका छन् ।’
संघमा आबद्ध भएकामध्ये एकसय ५० जति लेखापढी व्यवसायीहरूले अहिले पनि सक्रिय रूपमा काम गर्दै आईरहेका छन् । संघ नेपालगन्जका उपाध्यक्ष पाठकका अनुसार लेखापढी गर्नेलाई सबैतिर जान छुट छैन् । कार्यालयले सबैतिर प्रवेशमा
रोक लगाएको उनले बताए ।

मालपोतमा काम गर्ने दुई सय ५० लेखापढी कानून व्यवसायी छन् । जब कि त्यहाँ सरकारी कर्मचारीको संख्या भने ५१ मात्र छ । भूमिसुधार तथा मालपोत कार्यालयका मालपोत अधिकृत प्रेम दौत्याल काम गर्दा सेवाग्राहीबाट कर्मचारीले घुस नलिएको दाबी गर्दै आएका छन् ।
प्रदेश सरकार तथा नेपालगन्ज उपमहानगरपालिकाले चासो नदेखाउँदा मालपोत कार्यालय नेपालगन्जमा अझै सिसि क्यामरा जडान हुन सकेको छैन् ।
क्यामरा डानका लागि स्थानीय तहबाट स्वीकृत र बजेट लिनुपर्ने प्रावधानअनुसार बजेट र स्वीकृत नपाउँदा क्यामरा जडानमा ढिलाई भएको मालपोत अधिकृत प्रेम दौत्यालले बताए ।
उनकाअनुसार क्यामरा जडानका लागि आबश्यक प्रक्रिया अघि बढाई उपमहानगरपालिका, प्रदेश र मालपोतकै विभागमा पत्राचार गरिसकिएको छ । तर, कार्यालयको पत्रमाथी अहिलेसम्म पनि तीनवटै निकायबाट सुनुवाई हुन सकेको छैन् ।

मालपोतमा कर्मचारी र सेवाग्राहीबीच कमिसनका लागि विचौलियाहरूले पुलको काम गर्दै आएका छन् । सेवाग्राहीको भीड हुने कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छैन । सीसी क्यामेरा नहुँदा कर्मचारीहरूलाई कार्यस्थलमै घुस लिन सजिलो भएको छ । मालपोत कार्यालयमा बिचौलियालाई जता जान पनि छुट भएको आरोप लाग्दै आएको छ । मालपोतका रजिस्ट्रेशन, मुद्दा, दाखालगायत फाँटमा काम गर्न आउने सेवाग्राहीलाई बाटोबाटै लेखापढी गर्नेले छेक्ने गरेको सेवाग्राहीको गुनासो छ । बिचौलियाका कारण मालपोतमा घुस नदिई कामै नहुने सेवाग्राही बताउँछन् ।
मालपोत कार्यालय नेपालगन्जमा दरबन्दीका
कर्मचारीको तुलनामा तेब्बरबढी लेखापढी व्यवसायी (लेखन्दास) कार्यरत छन् । कार्यालयमा अहिले ५१ जना दरबन्दीका कर्मचारी छन् । लेखन्दासको संख्या करिब दुई सय ५० को हाराहारीमा छ ।
मालपोत कार्यालय अनलाइन माध्ययममा गएका कारण प्राविधिक कारणले बेलाबेला काम गर्न असहज हुने उनले बताए ।
उनका अनुसार मालपोतमा क्यामरा डानका लागि स्थानीय तह नेपालगन्ज उपमहानगरपालिका र कार्यालयकै विभागमा समेत माग गरी पत्राचार गरिसकेको भएपनि अहिलेसम्म यसका लागि बजेट र स्वीकृति समेत आएको छैन् ।