नेपालगन्ज : भारतमा मजदुरी गर्न गएका बेला करेन्ट लागेर दुई हात र खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका ८ का बुद्धिमान कुवँरलाई राहत रकम जुटाउन बाँकेका पत्रकारहरूले अभियान नै शुरू गरेका छन् ।
पत्रकारहरूले समाचार लेखेर र युट्युवमा भिडियो राखेर कुवँरका बारेमा सावर्जननिक गरिएको अभियानमा संलग्न पत्रकार समीरमान श्रेष्ठले बताए । अब राहत रकम संलकन गर्न अभियाननै शुरू गरिएको उनले जानकारी दिए । अभियानमै सहभागी अर्का पत्रकार खगेन्द्र दाहालले पीडितको चोटमा मल्हम पट्ी लगाउने अभियानमा पत्रकार जुटेको बताए । सरकार तथा गैरसरकारी क्षेत्रबाट सहयोगी गरि पीडितलाई राहत दिन आग्रह गरेका छन् ।
पत्रकार संगीन शर्माले परिवारनै आश्रित भएका बेला कुवँर माथि परेको बज्रपातले परिवारका अन्य सदस्य भोकै बस्ने अवस्था आएको बताए । पत्रकार समीरमान श्रेष्ठले राहत रकम पारदर्शी रूपमा संकलन हुने जानकारी दिए । यो अभियानमा उद्योगी, व्यवसायीहरूले समेत साथ दिने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले उक्त अभियानमा साथ दिने बताएका छन् ।
घरमा खान लाउन मुस्किल परेपछि कुंवर कमाई गर्न भारतको सिम्लामा गएका थिए । उनले मजदुरी गरेर जेनतेन घरमा परिवारका लागी खर्च पनि पठाइरहेका थिए । तर, उनी घर फर्कन नपाउदै विपत्ती आइलाग्यो । काम गर्ने क्रममा करेन्ट लागेर आफ्नो हात र खुट्टा गुमाएका बुद्धिमानले अहिले ठूलो पीडा खेपिरहेका छन । उपचारको क्रममा लागेको ऋण तिर्न पनि नसक्ने अवस्थामा छन उनी । खान, लाउन, दिसा पिसाव गर्न पनि अरुको भर पर्नु परेको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?