‘भिजिट भिसामा’ सार्वजनिक


‘भिजिट भिसामा’ सार्वजनिक

 
 

बहुप्रतिक्षित गीत भिजिट भिसामा बोलको गीत सार्वजनिक भएकोछ । काठमाण्डौमा भएको पत्रकार सम्मेलनमा चलचित्र ‘दाल भात तरकारी’मा समावेश उक्त गीत सार्वजनिक भएको हो ।


शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द छ । लोक लयमा आधारित उक्त रोमान्टिक गीत सार्वजनिक गरिएको हो । यो गीतले चलचित्रको भावलाई समेत बोकेको निर्माता पक्षले बताएकोछ ।


सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्र वैशाख १३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको अभिनय छ ।
‘दाल भात तरकारी’का लागि नेपालीले गर्ने दुःखलाई कमेडीको माध्यमबाट चलचित्रमा प्रस्तुत गरिएको छ ।