‘बालबालिका उच्च जोखिममा’


‘बालबालिका उच्च जोखिममा’

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले बालबालिका बेचबिखनको उच्च जोखिममा रहेको बताए । उमेर सानो, सहजै प्रतिकार गर्ननसक्नु र सही–गलत के हो छुट्याउन नसक्दा बालबालिकालाई तस्करले सहजै फन्दामा पार्ने हुदाँ यसतर्फ सवै सजग र सचेत हुनु अध्यक्ष रिजालले आग्रह गरे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझी माध्यमिक विद्यालयमा गठित शान्ति विकास बालक्लबले आयोजना गरेको मानव वेचविखन विरुद्ध अतिरिक्त क्रियाकलापमा उनले यसो बताएका हुन् । पछिल्लो समय प्रविधीमा बालबालिकाको पहुँच बढ्नु र प्रविधीको सही प्रयोग गर्न नजान्दा बालबालिका बेचविखनको सिकार बन्ने गरेको अध्यक्ष रिजालले बताए ।


बालबालिकाले गरेको कार्यक्रमको प्रशंसा गर्दै वडा अध्यक्ष रिजालले यसतर्फ स्वयम बालबालिका र परिवार बढि सजग र सचेत हुन सुझाव दिए ।
वडा स्तरीय बालक्लब सञ्जालकी सचिव सिमरन थापाले यसकिसिमका गतिविधीले हामी बालबालिकाको प्रतिभा प्रस्फुटन हुनुका साथै ब्यवहारिक ज्ञान समेत प्राप्त गरे बताईन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, स्थित धम्बोझी माध्यमिक विद्यालयमा गठित उक्त बालक्लबले विद्यालयमा विद्यार्थीबीच शुक्रबार अतिरिक्त क्रियाकलाप गरेको हो । अतिरिक्त क्रियाकलापमा वक्तृत्वकला, चित्रकला, कविता वाचन तथा नाटक मञ्चन गरिएको क्लबकी अध्यक्ष देवयानी अधिकारीले बताईन । सो कार्यक्रम धम्बोझी मावि, माईती नेपाल र सामाजिक बिकस मञ्चले सहकार्य गरेका थिए ।