नेपालगन्ज : बाँकेका ईट्टा व्यवसायीले १४ करोड ४० लाख बराबरको क्षति व्यहोर्नु परेको छ । शुक्रबार भएको वर्षातले गर्दा यहाँका व्यवसायीले यस्तो क्षति व्यहोर्नु परेको हो । सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको ईट्टा व्यवसायी दीपक अधिकारीले बताए ।
शुक्रबार भएको बर्षातले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० ईट्टा व्यवसायीका सात करोड बढी काँचो ईट्टा काम नलाग्ने गरी नष्ट पारेको उनले जानकारी दिएका छन् । जसका कारण १४ करोड ४० लाखको क्षति ईट्टा व्यवसायीले व्यहोर्नु परेको उनी बताउँछन् । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म ईट्टा गलेर काम नलाग्ने भएको उनले जानकारी दिए ।
उनकाअनुसार शुक्रबारको बर्षातले प्रत्येक ईट्टा व्यवसायीको २० लाखका दरले क्षती भएको अनुमान गरिएको छ । यो बर्षातमा सात करोड ईट्टा नष्ट भएकोले अर्को पटक ईट्टा उत्पादन नहुँदासम्म ईट्टा अभावको सम्भावना समेत हुने देखिएको व्यवसायीहरू बताउँछन् । ईट्टा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म ईट्टा उत्पादन गर्ने गरेका छन् । ‘एक पटकमा ६ देखि दश लाखसम्म इट्टा तयार पारिन्छ इट्टा व्यवसायी संघका कार्यालय सचिव सुर्यमणी पौडेलले भने, ‘यसपटक कुनै पनि उत्पादकले चार राउण्ड भन्दा बढी उत्पादन गर्न सकेका छैनन् ।’
.jpg)
ईट्टा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु पर्ने कारण विमा गर्न नपाउनु रहेको ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताउँछन् । काँचो ईट्टाको विमा हुँदैन, उनले भने ‘काँचोे ईट्टा बर्षाले क्षति भएपछि लगानी नै डुब्छ ।’ यसले यस बर्ष बाँकेमा ईट्टा उत्पादन कम हुने निश्चित भएको छ ।
सरकारले २०७० असोजदेखि अनिवार्य रुपमा ईट्टाको कारोबारलाई मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीहरु भन्छन, ‘सरकारले करको दायरामा ल्याएपनि व्यवसायिक सुरक्षाको प्रत्याभूति दिन सकेको छैन् । शुक्रबारको बर्षातले बाँकेका धेरैजसो ईट्टा उद्योगका काँचो ईट्टाहरू गलेर नष्ट भएका छन् । संघले काँचो ईट्टाको विमाको व्यवस्था मिलाउन सरकारसँग यसअघि नै माग गरेपनि अधिकाशं ईट्टाको अहिले पनि विमा हुन सकेको छैन् । आकस्मिक रूपमा हुने बर्षाको क्षतीबाट व्यवसायी चौपट नै हुने अवस्थाबाट बचाउन विमाको विकल्प नरहेको व्यवसायीहरू बताउँदै आएका छन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?