नेपालगन्जमा अष्ट्रेलियन एजुकेशन सम्बन्धि सेमिनार


नेपालगन्जमा अष्ट्रेलियन एजुकेशन सम्बन्धि सेमिनार

नेपालगन्ज : अजि कन्सल्टेन्ट प्रा.ली.को आयोजनामा शनिबार नेपालगन्जमा एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार गरिएकोछ । अष्ट्रेलियन अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै कन्सल्टेन्सीले उक्त सेमिनारको आयोजना गरेको सेमिनार सञ्चालक अजश्वी स्वाँरले बताए ।

उनका अनुसार शनिबारको एक दिने सेमिनारमा नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत २ सय बढी विद्यार्थीको सहभागिता थियो ।


उक्त सेमिनारमा होटल म्यानेजम्यान्ट लगायतका विषयसंगै अष्टे«लियाका कलेज र त्यहाँका शैक्षिक अवस्थाका बारेमा सहभागिलाई जानकारी गराइएको अर्का सञ्चालक विमल प्रधानले जानकारी दिए ।