अर्घखाँची: नेपाल पत्रकार महासंघ प्रदेश पाँचले १० बुँदे घोषणा पत्र सार्वजनिक गरेकोछ । पत्रकार महासंघ प्रदेश ५ ले अर्घाखाँचीमा आयोजना गरेको ‘प्रादेशिक संरचनामा मिडिया सम्मेलन’ले १० वुँदे उक्त अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन सम्पन्न भएको हो ।
प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन र सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै सम्मेलनले न्यूनतम पारिश्रमिकलाई पूर्णरुपमा कार्यान्वयन गर्न सुझाएको प्रदेश महासचिव भेषराज बस्नेतले बताए ।
यस्तो छ अर्घाखाँची घोषणापत्र–२०७५
१. प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन, सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै यो सम्मेलन न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दछ ।
२. देश संघीय संरचनामा गईसकेपछि प्रदेश र स्थानीय तहसम्म सञ्चार सम्बन्धी कानून बनाउन जरुरी रहेकोलै यथासक्य त्यस्ता आवश्यक कानून बनाउन सम्बन्धित सबै तहहरुलाई यो सम्मेलन हार्दिक आग्रह गर्दछ । त्यस्ता कानून बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्न सम्मेलन माग गर्दछ ।
३. यो सम्मेलन प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग, राष्ट्रिय सूचना आयोग, न्यूनतम पारिश्रमिक निर्मारण समिति लगायत सञ्चार सम्बन्धी निकायहरुलाई विकेन्द्रीत गर्दै संघीय संरचनामा रुपान्तरण गर्न माग गर्दछ ।
४. सरकार र निजी क्षेत्रको साझेदारीमा गैर नाफामुखी सञ्चारमाध्यम सञ्चालनको अभ्यास गर्न स्थानीय तहहरुलाई सम्मेलन अनुरोध गर्दछ । ५. प्रेसको भूमिका बढाउदै पत्रकारहरुको क्षमता वृद्धिका लागि प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठन गर्न सम्मेलन आग्रह गर्दछ र साथै श्रमजीवी पत्रकारहरुकौ पेशागत सुरक्षासँगै उनीहरुका लागि सञ्चार उपकरण खरिदमा सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि स्थानीय तहहरुलाई सम्मेलन आग्रह गर्दछ ।
६. स्थानीय र साना लगानीका सञ्चार माध्यमहरुलाई संरक्षण र सम्वद्र्धनका लागि आवश्यक पहलकौ अपील गर्दै यो सम्मेलन समानुपातिक विज्ञापन नीति लागु गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछ । ७. सरकारी समाचार एजेन्सी तथा सञ्चारमाध्यमहरुलाई प्रादेशिक सेवा शुरु गर्न सम्मैलन आग्रह गर्दछ ।
८. पत्रकार आचारसंहितामा संवेदनशील हुन सबै सञ्चारकर्मीहरुलाई स्मरण गराउँदै यो सम्मेलन बाल संवेदनशील पत्रकारितामा जोड दिन्छ ।
९. पत्रकार तथा शहीद कृष्ण सेन ईच्छुकको सम्मान र सम्झनामा उहाँको गृहस्थल क्षेत्रमा उहाँको नाममा सञ्चार सङ्ग्रहालय तथा सञ्चार पार्क स्थापना गर्न सम्मेलन माग गर्दछ ।
१०.यो सम्मेलन भव्य रुपमा सम्पन्न गर्न र योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछ । साथै यो सम्मेलनको न्यानो आतिथ्यताका लागि नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?