दुई ब्यक्ति सम्मानित


दुई ब्यक्ति सम्मानित

कोहलपुर : नेपाल- भारत मैत्री संघ कोहलपुरले शनिबार दुई जनालाई सम्मान गरेको छ । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा नेपाल- भारत मैत्री संघ कोहलपुर उप शाखाले हरीबहादुर रावत र लेखबहादुर क्षत्रीलाई बिशेष सम्मान गरेको छ ।


हरेक बर्षकै स्वतन्त्रता दिवसमा शनिबार पनि कार्यक्रम गरेको हो । शिक्षा क्षेत्रमा बिशेष योगदान पु¥याएका रावत र खेलकूदमा अमूल्य सहयोग गरेका नेपाली क्रिकेटका पूर्ब कप्तान क्षत्रीलाई संघले सम्मान गरेको हो ।


कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको प्रमुख आथित्यमा सम्पन्न सम्मान कार्यक्रममा नेपाल भारत मैत्री संघकी केन्द्रिय उपाध्यक्ष सुष्मा शर्मा, कांग्रेस बाँकेका जिल्ला सदस्य चिन्तामणि धिताल, उद्योग बाणिज्य संघ कोहलपुरका पूर्ब अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।


भारतले शनिबार आफ्नो ७० औं गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष २६ जनवरीलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।