नेपालगन्ज । भन्सार कार्यालय नेपालगन्जले शनिबार उत्कृष्ट आयात ता निर्यातकर्ता उद्योग व्यवसायीलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तको प्रमुख आतिथ्यतामा भएको भन्सार दिवश कार्यक्रममा नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले उत्कृष्ट आयात र निर्यातकर्तालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।
सम्मानित हुने आयातकर्तामा सार्वजनिक संस्थानतर्फ नेपाल आयल निगम, उद्योग तर्फ जयबागेश्वरी सिमेन्ट, व्यवसायिक फर्म तर्फ बिबेक अटो मोवाईल रहेका छन् । त्यस्तै निर्यातकर्तामा गंगा रोजिन एण्ड टर्पेनटाईन, जैन एक्सपोर्ट र बागेश्वरी कत्था उद्योग प्रालि रहेका छन् । धेरै आयात र निर्यात गरेर राजश्व संकलनमा योगदान पु¥याबापत उनीहरुलाई सम्मान गरिएको भन्सार प्रमुख निरौलाले बताए ।
उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुने कर्माचारीमा अधिकृत तर्फ परमानन्द जोशी, नाथबहादुर सापकोटा, नायब सुब्बा तर्फ रत्नबिर कडायत, कमल पौडेल र कार्यालय सहयोगी तर्फ कृष्णबहादुर भट् रहेका छन् । सोही कार्यालयका नायब सुब्बा चण्डीराज गेलाल भन्सार बिभागको तर्फबाट उत्कृष्ट कर्मचारीका पुरस्कृत भएका छन् । भन्सार दिवशकै अवसरमा आयोजित ब्याण्डमिन्टन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पनि पुरस्कार बितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख भन्सार अधिकृत निरौलाले नेपालमा राजश्व छली गर्न सकियो भने बहादुरी सम्झिने प्रबृत्ति रहेको बताएका छन् । भन्सारलाई व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना गर्न खोजिएको पनि निरौलाले गुनासो गरेका छन् । राज्यप्रति जिम्मेवार बन्न उद्योगी, व्यवसायीलाई आग्रह गर्दै निरौलाले चोरीपैठारी नियन्त्रणमा सघाउनुपर्ने बताए ।
उद्योगपति कन्हैयालाल बैद्यले बैज्ञानिक प्रणालीहरु लागु भइसकेको समयमा सामग्रीको घोषणा कुनै टाउको दुखाईको बिषय नै नरहेको बताए । उनले यसलाई ठुलो समस्याका रुपमा हेर्न नहुने पनि बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले कुनै एकाध व्यवसायीले गर्ने गल्तीमा सबैलाई नमुछ्न आग्रह गरेका थिए । उनले व्यवसायीकै राजश्वले भन्साले आफनो लक्ष्य पुरा गरेको दाबी गरेका छन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?