नेपालगन्ज : बालबालिकाले बाल योजना छनोट गरेकाछन् । आगामी वर्ष २०७६/०७७ का लागि बाल योजना छनोट गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एकका बालबालिकाले शनिबार सम्पन्न भेलामार्फत ती बाल योजना छनोट गरे ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ वडा समितिको कार्यालय तथा वडा स्तरीय बालक्लब सञ्जालको संयुक्त आयोजनाबाट आगामी आर्थिक वर्षका लागि बाल योजना छनोट जिल्लामै पहिलो पटक गरिएको हो ।

बालभेलालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमाथापा मगरले बालबालिकाका सवालमा उपमहानगर गम्भीर भएर अघि बढेको बताईन् । उनले बालबालिका भविष्यका कर्णधार मात्र नभइ वर्तमानका साझेदार हुन्, बालबालिकाको अर्थपूर्ण सहभागितामा गरिने गतिविधिको दिगोपना हुने भएकाले अर्थपूर्ण बालसहभागिता विना बालमैत्रीको अवधारणा साकार नहुनेमा जोड दिईन् ।
उनले भनिन् –‘बालबालिका स्वय क्रियाशिल भएर आफ्ना लागि आफै योजना छनोट गर्नु सह्रायिन कार्य हो, यसले हामी सरोकारवालालाई त्यसतर्फ थप जिम्मेवार बनाएको छ ।’ यस्तै वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बालबालिकामार्फत गरिने गतिविधि बढि प्रभावकारिता हुने हुदाँ वडालाई नगरकै नमुना बालमैत्री वडा निर्माणमा आफूहरु लागको बताए ।

वडा स्तरीय बालक्लब सञ्जालकी अध्यक्ष आँचल बैश्यको अध्यक्षतमा भएको भेलामा नगर स्तरीय बालक्लब सञ्जालका अध्यक्ष अंकित मिश्रा, वडा सञ्जालका पूर्व अध्यक्ष देवाबहादुर क्षेत्री लगायतले शुभकामना मन्तब्य दिएका थिए । बालअधिकारका चार क्षेत्र (बाल संरक्षण, बाल बचाउ, बाल विकास र बाल सहभागिता) अन्र्तगत दुई दर्जन बढि बाल योजना छनोट गरिएकोछ । वडाका ६० बढि बालबालिकाको सहभागितामा भएको उक्त भेलालाई विजय मल्लले सहजिकरण गरेको वडा सञ्जालकी सचिव सिमरन थापाले जानकारी दिइन ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा बालक्लब ब्यवस्थापन तथा यसको भूमिकाका विषयमा अन्तरक्रिया गरिएकोछ । उक्त अन्तरक्रियामा वडा नम्बर १० का वडा अध्यक्ष विन्दूभूषण बस्नेत, जिल्ला बालक्लब सञ्जालकी निर्वतमान अध्यक्ष श्वेता गुरुङ्ग, नगर बालक्लब सञ्जालका सल्लाहकारद्वय ऋतिक शाही र सलमान सल्मानीले सहजिकरण गरेका थिए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?