युनियनले माघ २० गते डकुमेन्ट्री प्रदर्शन गर्ने


युनियनले माघ २० गते डकुमेन्ट्री प्रदर्शन गर्ने

प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को डकुमेन्ट्री(बृत्तचित्र) प्रर्दशनी हुनेभएकोछ । आगामी माघ २० गते उक्त डकुमेन्ट्री प्रदशनी गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा डकुमेन्ट्री प्रर्दशन गर्न लागिएको हो । युनियन बाँकेको आईतबार बसेको बैठकले यसअघि माघ १५ गते डकुमेन्ट्री प्रर्दशन गर्ने निर्णय गरेता पनि प्राविधिक कारणले उक्त कार्यक्रम पाँच दिन पछी सारिएको नेपाल प्रेस युनिय बाँकेका सचिव अर्जुन ओलीले बताए ।


शाखा अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । डकुमेन्ट्री प्रर्दशनीका लागि युनियनले केन्द्रिय सदस्य जयसिंह केसीको संयोजकत्वमा एक समिति गठन गरेर तयारी अगाडी बढाईसकेको सचिव ओलीले सद्भावलाई बताए ।

प्रेस स्वतन्त्रता सेनानी गुप्तको जीवनीमा आधारित उक्त डकुमेन्ट्री पत्रकार सन्तोष रेग्मीको निर्देशनमा तयार पारिएको छ । प्रर्दशनीबाट संकलित रकम नेपाल प्रेस युनियन बाँकेद्वारा स्थापित ‘पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार कोष’ मा जम्मा गरिनेछ ।  युनियनको विशेष बैठकमा प्रेस युनियनका उपमहासचिव प्रेम केसी, पत्रकार महासंघका पुर्व महासचिव पोषण केसी, युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, युनियन बाँकेका सल्लाहकार नरेन्द्र थापा लगायत युनियन सम्वद्ध अग्रज पत्रकारको उपस्थिती रहेको थियो ।