नेपालगन्ज २७ मंसिर: नेपालगन्जमा रहेका होटल व्यवसायीहरू होटल व्यवसायी संघको अधिवेशनमा जुटेका छन् । आगामी पुस ११ गते हुने संघको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि व्यवसायी लागि परेको होटल व्यवसायी संघले जनाएको छ । यसअघि पुस ७ गते हुने भनिएको अधिवेशन ११ गतेका लागि सारिएको छ । त्यसका लागि बामपन्थी निकट व्यवसायीहरुको तर्फबाट रंगराज खड्का उम्मेदवार हुने निश्चित जस्तैे भएको छ ।
संस्थापक र अग्रजहरुको छलफलका क्रममा खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको हो । पुरीलाई आगामी दिनमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी सहित मनाईएको छ । पुरीले पार्टीगत कुरा भन्दा पनि व्यवसायिक हितलाई ध्यानमा राखेर सहमति दिएको बताए । होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्लले हरेक उम्मेदवार व्यवसायिक हितकै लागि प्रतिस्पर्धामा उत्रिने बताए । उनले पार्टीको झण्डा बोकेर कोही पनि प्रतिस्पर्धामा नआउने पनि बताए । ‘हुनसक्छ साथीहरुको आस्था कुनै न कुनै दलसंग जोडिन्छ । तर व्यवसायिक हित महत्वपूर्ण कुरा हो ।’– उनले भने ।
प्रजातान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन डाँगी सर्बसम्मत जस्तै देखिन्छन् । उक्त समूहमा पनि अहिले आन्तरिक छलफल र बहस भने चलिरहेको छ । व्यवसायी माझ नयाँ कार्यसमितिको नेतृत्व र अन्य पदमा को हुने भन्ने बिषयमा माहोल नै तात्तिएको छ । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले आफुहरु अधिवेशनको तयारीमा रहेको बताए । उनले सकभर सहमतिकै माध्यम बाट कार्यसमिति निर्माणमा जुट्ने बताए । व्यवसायिक संगठन भएकाले सकेसम्म आपसी समझदारीबाटै नेतृत्व चयनुहुनुपर्ने पक्षमा आफुहरु रहेको थापाले बताए ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?