नेपालगन्ज : ‘टूर दी ठाकुरद्वारा–२०७५’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । पश्चिम नेपाल मै पहिलो पटक हुन गइरहेको ‘सद्भाव डटकम टूर दी ठाकुरद्वारा –२०७५’ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजित पत्रकार सम्मेलनमा टूरका कार्यक्रम संयोजक सतिश निरौलाले सो बताएका हुन् ।
पश्चिम नेपाललाई विश्वसामु चिनाउनुका साथै यसक्षेत्रको पर्यावरणको जगेर्ना गर्दै आन्तरिक तथा बाह्र पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ उक्त साइकल यत्रा गर्न लागिएको साईकल यात्राका कार्यक्रम संयोजक निरौलाले जानकारी दिए । उनले भने ‘हामी यही माघ १८ गते नेपालगन्ज देखि बर्दियाको ठाकुरद्वारा सम्मको एक सय किमी यात्रा साईकलबाट गर्नेछौं । १९ गते ठाकुरद्वारामा साईकलयात्रा र यसको प्रबद्र्धनका विषयमा अन्तरक्रिया गरेर समापन गरिनेछ ।

निरौलाले भने हाम्रो यो साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहको सहभागिता हुनेछ । उहाँ १७ गते बिहीबार नेपालगन्ज आउनुहुन्छ ।
कार्यक्रमले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा नेपालगन्जको बागेश्वरी मन्दिर, जुगे महादेव मन्दिर, बाँसगढीमा निर्माणाधीन केदारेश्वर धाम, ठाकुरबाबा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्जलाई स्थापित गर्दै देशभर चिनाउने बिश्वास लिइएको कार्यक्रम संयोजक निरौलाले बताए ।
नेपालगन्ज साईकल क्लबका अध्यक्ष केशर आलेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै आलेले भने– कार्यक्रमको टाइटल स्पोन्सर सद्भाव डट कमले गरेको छ । पर्यापर्यटन मञ्च ठाकुरद्वारा, बिजय स्टिल, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज फोटोवाकर, कृसा कोहलपुर, र नेपालगन्ज बाइसाइकल प्रालीले कार्यक्रममा सहकार्य गरेका छन् । अध्यक्ष आलेले कार्यक्रममा करिब तीन लाख खर्च हुने अनुमान गरिएको छ । सहभागी सबैको पाँच लाख बराबरको बीमा समेत गरिएको छ ।
१८ गते विहान ७.३० बजे बागेश्वरी मन्दिरबाट साईकल यात्राको सुरुवात हुनेछ । जसमा ५० जना साईकल यात्रीहरुले सहभागिता जनाउनेछन् । जसमा देशको ७७ जिल्ला घुमेका तेजप्रसाद पराजुली, एउटामात्र खुट्टाले कैलालीदेखि रारा पुगेका सहासिक यात्री यमलाल रसाईली तथा धेरै साईकल इभेन्टमा एउटा मात्र खुट्टाले सहासिक यात्रा गरेका किशोर युवक लामाको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ । यस्तै उक्त साइकल यात्रामा २ जना विदेशी, ४ जना महिलाको उपस्थिती हुनेछ । विदेशी जेष्ठ साइक्लिष्ट नीलले समेत यात्रामा सहभागिता जनाउदैछन् ।
क्लबका सदस्य टिएस ठकुरीले साईकल मानव स्वास्थ्यलाई लाभदायक भएकाले, यसबाट वातावरणमा कुनै प्रभाव पर्दैन । यसको प्रर्बद्धन गर्नुपर्छ, नयाँ रुटको खोजी, नेपालगन्ज कोहलपुर सडकखण्डमा साईकल पथ निर्माणमा जोड दिनका लागि पनि यो यात्रा लाभदायक भएको बताए । एकदर्जन बढि विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको उपस्थितीमा पत्रकार सम्मेलन गरिएको थियो ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?