नेपालगन्ज : केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको जनाएको छ । बुधबार राष्ट्रिय तथ्यांक परिषद्को ३३ औँ तथा राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्त रूपमा बसेको थियो । बैठकमा जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
योसँगै जनगणना–२०७८ को तयारीका लागि कानूनी आधारको शुरूआत भएको विभागले जनाएको छ । विसं १९६८ देखि शुरु भएको जनगणनाको यो १२ औँ शृखला हो । यस पटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७ सय ५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी रहेको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?