होटल व्यवसायीको अध्यक्षमा कंडेल


होटल व्यवसायीको अध्यक्षमा कंडेल

अध्यक्ष पदका उम्मेदवार भीम कँडेल र उमा ग्राण्डन डाँगी

नेपालगन्ज : होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भीमलाल कंडेलले १ सय ७८ मतको अन्तरले बिजयी भएका छन् । नयाँ कार्यकालका लागि उनी सहित उनको प्यानल नै निर्वाचित भएको हो ।

नयाँ नेतृत्वका लागि बुधबार भएको निर्बाचनमा कंडेलको प्यानलनै विजय भएको निर्वाचन समितिले बताएको छ । नयाँ कार्यसमितिको लागि कंडेलको नेतृत्वमा नेकपा निकट व्यावसायी निर्वाचनमा उत्रिदा ग्राण्डनको नेतृत्वमा नेपाली काँग्रेस निकट व्यावसायी निर्वाचन लडेका थिए ।
अध्यक्षमा कंडेलले ३ सय ५६ मत ल्याउदा उनको निकटतम प्रतिद्वन्दी उमा ग्रण्डन डाँगीले १ सय ७८ मत प्राप्त गरेकी थिईन । यसैगरी बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बुले २७२ मत ल्याई विजयी भए उनका निकटतम प्रतिद्वन्दी प्रेम बहादुर खत्रीले २ सय १९ मत पाएका थिए ।

उपाध्यक्षमा टेकनारायण सापकोटाले ३१८ मत ल्याई विजय हुँदा उनका निकटतम प्रत्यासी गोपाल गिरीले २ सय ३ मतमै चित्त बुझाउनु परेको थियो । महासचिवमा रंगबहादुर खड्काले ३ सय ३५ मतका साथ विजयी भए भने प्रत्यासी घनश्याम थापा क्षेत्रीले १ सय ८६ मत पाएका थिए ।सचिवमा प्रेमबहादुर शाहले ३ सय ४४ मतले विजयी भए भने निकटतम प्रतिद्वन्दी रतन बुढा क्षेत्रीले १ सय ८० मत पाएका थिए । कोषाध्यक्षमा टिकाराम खनालले ३ सय ४६ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्दी रबिन्द्र लामिछानेले १ सय ७१ मै सिमित भएका थिए । यसैगरी सहकोषाध्यक्षमा राजकुमार विकले ३ सय २४ मत ल्याई विजयी भए । उनको निकटतम प्रतिद्वन्दी जुनादेवि कंडेलले १ सय ९१ मत ल्याएकी थिईन ।


यस्तै सदस्यहरुमा लक्ष्मीराज शाही ३ सय ४५, एकराज पाण्डे ३ सय ९, केशव कुँवर योगी २ सय ९६ विजयी भए । निकटतम प्रतिद्वन्दी कर्णबहादुर शाहीले २ सय २, बालकृष्ण खड्का १ सय ७६, राम लखन बैश्य १ सय ५७ मत ल्याएका थिए । महिला सदस्यहरुमा दुर्गा बम ३ सय ४, निर्मलादेवि सेजुवाल २५९ मत ल्याई विजयी हँदा निकटतम प्रतिद्वन्दी कल्पना तामाङ्ले १ सय ८१ र अनिता लामाले १ सय ६५ मत पाएका थिए । बुधबार बिहानदेखि भएको मतदानमा ५ सय ७१ मत खसेकोमा १० बदर मत रहेको थियो । जम्मा ६ सय ६१ मतदाता थिए ।