नेपालगन्ज : पश्चिम नेपालमै पहिलो पटक ‘साइकल टूर’ आयोजना हुन लागेको छ । सद्भाव डटकमको टाइटल स्पोन्सरमा नेपालगन्ज साइक्लिङ क्लबले शुक्रबार ‘सद्भाव डटकम टूर दी ठाकुरद्धारा’ आयोजना गर्न लागेको हो । सो कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर, बाँसगढी र ठाकुरबाबा नगरपालिका, पर्यापर्यटन मञ्च ठाकुरद्धारा, विजया स्टिल, नेपालगन्ज फोटो वाकर, नेपालगन्ज बाइसाइकल प्रा.लि ले सहकार्य गरेका छन् ।
टूर दी ठाकुरद्धारामा विश्व साइकल यात्री पुस्कर शाह, ७७ वटै जिल्ला घुमेका साइकल यात्री तेजप्रसाद पराजुली, मेची महाकाली यात्री रेशम केसी, झापाका ओम बानिया, एउटै खुट्टाले कैलालीदेखी रारासम्मको यात्रा गरेका प्यारा साइक्लिष्ट यामलाल रसाईली, काठमाडौंका प्यारा साइक्लिष्ट युवक लामा, सबैभन्दा बृद्ध अष्ट्रेलियन साइक्लिष्ट निल, ४ महिलासहित करिव ५० जना सहभागी हुने कार्यक्रम संयोजक सतिष निरौलाले बताए ।
उनका अनुसार बिहान साढे ७ बजेतिर नेपालगन्जको बागेश्वरी मन्दिरबाट साइकल यात्रीले ठाकुरद्धारातर्फको यात्रा थालनी गर्नेछन् । ‘साइकल यात्रीलाई कोहलपुरमा क्रिसाले पु्रmुटी र पानीसहित स्वागत गर्ने कार्यक्रम छ, बर्दियाको बाँसगढीमा साढे ११ बजे पुग्ने र त्यहाँका मेयरले स्वागतसहित खाना खुवाउने कार्यक्रम तय भएको छ,’ निरौलाले भने ‘अपरान्ह ४ बजे ठाकुरद्धारा पुगेपछि ठाकुरबाबा नगरपालिका र नागरिक समाजले स्वागत गर्नेछ, ठाकुरबाबा मन्दिरमा सानो औपचारिक कार्यक्रम हुन्छ, नगरपालिकाले बेलुकाको खाना र पर्यापर्यटन मञ्चले बास बस्ने प्रवन्ध मिलाएको छ ।
पर्यापर्यटन मञ्चले ठाकुरद्धारा, डल्ला होमस्टे, ठाकुरबाबा मन्दिर लगायत पर्यटकिय स्थलको विषयमा साइकल यात्रीलाई जानकारी गराउने कार्यक्रम पनि रहेको निरौलाले सुनाए । साइकल यात्रीहरु शनिबार बिहान कर्णाली चिसापानी हुदै नेपालगन्जतर्फ फर्किनेछन् । ‘पश्चिम नेपालमा हुन लागेको यस्तो कल्चर एकदमै नयाँ हो, फ्रान्सबाट सुरु भएको यो कल्चरलाई विगत ८÷१० वर्षदेखी काठमाडौं, पोखरा, धरान, हेटौडा लगायतका केही शहरमा हुने गरेको थियो,’ उनले भने ‘यसले नयाँ सन्देश प्रवाह गर्नेछ, नेपालगन्जलाई बर्दियासँग जोड्ने काम गर्छ, गाउँलाई शहरसँग जोड्ने पनि हाम्रो अभियान हो ।’
सञ्चार माध्यमले टाइटल स्पोन्सर गरेको हुँदा यो निकै महत्वपुर्ण पाटोको रुपमा रहेको संयोजक निरौलाले बताए । वातावरणमैत्री र मानव स्वास्थ्यका हिसाबले साइक्लिङ धेरै आवश्यक रहेको उनी बताउँछन् । ‘साइक्लिङबाट पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ, साइकल सबैका लागि आवश्यक छ भन्ने सन्देश दिने पनि यो कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?