भुरीगाँउ(बर्दिया) : जिल्लामै पहिलोपटक युवा सम्मेलनको आयोजना गरिनेभएकोछ । ‘समाज परिवर्तनका लागि युवा अभियान’ भन्ने नाराका साथ माघ १९ गते शनिबार बर्दियाको पर्यटकीय नगर ठाकुरबाबा ‘बर्दिया युवा सम्मेलन–२०७५’ गर्न लागिएको हो ।
व्यवसायिक शिक्षामा युवाको पहुँच बृद्धि गरि कृषि र पर्यटनमा समृद्ध जिल्ला बनाउने उद्देश्यका साथ सो सम्मेलन गर्न लागिएको विकास प्रेमी युवा समुह बर्दियाका संयोजक गोपाल निरौलाले बताए । उनले भने हामी युवामा भएको दुव्र्यसनलाई हटाई उनीहरुलाई कसरी दुव्र्यसनमुक्त जिल्ला निर्माण गर्न सकिन्छ त्यसका आयामका बारेमा बृहत छलफल गर्नेछौं ।
जिल्लामै पहिलोपटक गरिन लागेको उक्त युवा सम्मेलनले युवावीच आत्मजागरुक गराउनुका साथै युवा एकता, सकारात्मक सोँचको विकास गराउनेछ । युवा समूहका सहसंयोजक नारायाण गौतमले भने सम्मेलनको सम्पूर्ण तयारी भइसकेको छ । जहा जिल्लाभरका विकासप्रेमी युवाहरुको सहभागिता हुनेछ ।
सो सम्मेलनमा देशका प्रतिष्ठित व्यक्तित्वहरुबाट प्रशिक्षण गराईनेछ । प्राध्यापक तथा पुर्वाधार विज्ञ डा. सुर्य राज आचार्य, पैंचोका ध्रुब न्यौपाने, कृषि पर्यटन व्यवसायी कालु हमाल र कान्छा सामाजिक अभियन्ता केपी खनालले प्रशिक्षण गर्ने सहसंयोजक गौतमले सद्भावलाई जानकारी दिए ।
५० बढी युवाको सहभागितामा युवा सम्मेलन ठाकुरबाबा नगरपालिका, लायन्स क्लब अफ भुरीगाउँ र विकासप्रेमी युवा समुहको संयुक्त आयोजनामा भुरीगाँउ स्थित गुन्द्रुक होटेलमा विहान ८ बजे हुनेछ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?